मनसुन सक्रिय भएसँगै बाँके बर्दिया लगायत देशैभर धान रोपाइ सुरु


फोटो : राप्ती सोनारी ३ बैजापुर, बाँके

देशभर मनसुन पूर्णरुपमा सक्रिय भएसंगै किसानहरुलाई धमाधम रोपाई गर्न व्यस्त भएका छन् । मनसुन लागे सँगै बाँके र बर्दियाका किसानहरु बिूस्तारै धान रोपाई शुरु गर्न थालेका छन् । यो सँगै काठमाडौं उपत्यका लगाएत देशभर नै किसानहरु धान रोप्न व्यस्त भएका हुन् । सामान्यतया असार १५ पछि रोपाई सुरु हुने मानिए पनि काठमाडौं उपत्यका वरपरका क्षेत्रमा रोपाई सुरु भइसकेको छ । लगातार भइरहेको वर्षाका कारण पनि किसानलाई रोपाईं गर्न सजिलो भएको छ । समयमै मनसुन सुरु भएकाले खेतीपातीका लागि सजिलो भएको किसानहरु बताउछन् । त्यस्तै कृषिकर्मलाई मध्यनगर गर्दै प्रशासनले कृषिजन्य गतिविधिमा सजिलो हुने गरि निषेधाज्ञालाई खुकुलो पनि बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *