
नेपाल घरेलु तथा साना उद्योग महासघं बाँके शाखाले बाँकेका ७ वटै स्थानिय तहहरुलाई ज्ञापन पत्र बुझाएको छ । घरेलु तथा साना उद्यो महासघं बाँकेको सहकार्य र केयर नेपालको आर्थिक सहयोगमा सञ्चान गरेको कृषि पथ मोबाईल एप स्थानिय स्तरबाटै प्रभावकारी बनाउनका लागि ज्ञापन पत्र बुझाइएको हो ।

गत बर्ष देखि घरेलु तथा साना उद्योग महासघं बाँकेको सहकार्य र केयर नेपालको आर्थिक सहयोगमा कृषि पथ मोबाइल एप सञ्चालनमा ल्याइएको छ । एप सञ्चालन भए पछि गत बर्ष जस्तै यो बर्ष बाँकेका किसानहरु लकडाउनको खसै मारमा परेका छैन । किसानहरुलाई स्थानिय स्तरबाटै एपमा जोड्न सके बिचौलियाको अन्त्य र किसानहरुले घरमै बसेर उत्पादित तरकारी लगायत समान बिक्रि गर्न सक्ने नेपाल घरेलु तथा साना उद्योग महासघं बाँकेकी अध्यक्ष मघु खड्काले बताउनु भयो । गाँउपालिका र नगरपालिकामा हरेक वडाका कृषक, सहकारी तथा कृषि समुहरुलाई दक्ष बनाउनका लागि इन्टरनेट भवन र आवश्यक जनशक्ति पुर्व धारका लागि ८ लाख, एस सक्षरता कम भएका वा डिगिटल ज्ञान कम भएका विपन्न किसानहरुका लागि हरेक वडामा महिला उद्यामी सहकारी सस्थामा कल सेन्टर सञ्चालनका लागि रु ३ लाख अनुदान गर्ने, भुमिहिन कृषक लागि कम्तीमा एक बर्षका लागि कारार खेती गर्नका लागि १३ देखि १५ लाख सत प्रतिशत अनुदान उपलब्ध गराउने जस्ता मुख्य कुराहरु ज्ञापन पत्रमा उल्लेख गरिएको अध्यक्ष खड्काले बताउनु भयो ।

गाँउपालिकामा ९५ प्रतिशत मानिसहरु कृषि पेशामा अवद्ध रहेको र गाँउपालिका क्षेत्रमा उर्वरा माटो भएकोले डुडुवा गाँउपालिकामा प्रविधि मैत्री बनाउनका लागि अध्यक्ष खड्काबाट ज्ञापन पत्र बुझ्दै आफु एपका लागि बजेट विनियोजित गर्न तयार रहेको तर गाँउपाकिामा अधिकंश अवधि भाषी रहेकोले अवधि भाषामा पनि एप ल्यान प्रतिक्रिया दिनु भयो । र गँउपाकिाले आफ्नो लगानिमा ५ सय मेट्रिक टन क्षमता भएको सित भण्डार निर्माण गर्न लागेको र ६ सय मेट्रिक टन क्षमता भएको आलु राख्नका लागि कोल्ड स्टोर निर्माण गर्न लागेको डुडुवा गाँउपालिकाका अध्यक्ष नरेन्द्र कुमार चौधरीले बताउनु भयो ।

त्यस्तै राप्ती सोनारी गाँउपाकिा विकास निर्माणमा पछाडिए पनि किसानहरु बारै महिना कृषि गर्ने गरेका छन् । उत्पादन भएपनि बिक्रि गर्न नसक्दा बारी मै तरकारी कुहिने जस्ता समस्या आइरहेको राप्ती सोनारी गाँउपालिकाकाल अध्यक्ष लाहु राम थारुले बताउनु भयो । बजारी करण गर्नका लागि मोबाइल एपका लागि यो बर्षमा बजेट विनियोजित गर्नका लागि आफु तयार रहेको बताउनु भयो ।

यो भन्दा पहिला नरैनापुर, जानकी, कोहलपुर, खजुरा, नेपालगन्ज उपमहानगरपालिका र गाँउपालिका तथा नगरपालिकाहरुलाई ज्ञापन पत्र बुझाइएको थियो ।

महासघंले ७ वटै पालिकाहरुलाई ज्ञापन पत्र बुझउदा सबै पालिकाका अध्यक्ष तथा उपध्यक्ष आफु एप तथा कृषिमा लगानी लगाउन तयार रहेको बताएका छन् । यो सँगै नेपालग घरेलु तथा साना उद्योग महासघंले केयर नेपालको आर्थिक सहयोगमा ५ लाख बराबरको स्वास्थ्य समाग्री सहयोग गरेको छ । महासघंले हरेक पालिकालाई , पिपिई, सेनिटाइजर, ग्लोब्स, मक्स, प्लस अक्सिमिटरका दररेट समेट उल्लेख गरी स्वास्थ्य समाग्रीहरु वितरण गरेको छ । वितरण अभियानमा नेपाल घरेलु तथा साना उद्योग महासघंका महिला उद्यामीकी समुहकी अध्यक्ष सुमित्र चौधरी लगायत पदअधिकारीहरुको उपस्थितिमा वितण तथा ज्ञापन पत्र बुझाइएको हो । वितराण् तथा ज्ञापन पत्र बुझाउन नेपाल घरेलु तथा साना उद्योग महासघंका महासचिव कार्यक्रम सञ्चालन गरेका थिए

बाँके क्षेत्र नं १ क को प्रतिनिधि तथा लुम्बिनि प्रदेश सभा सदस्या माननीय सांसद कृष्णा केसी नमुना को उपस्थितिमा ज्ञापन पत्र बुझाएर हस्ताक्षर भएको थियो ।
