पीडितलाई उद्धार गर्न पठाएको हेलिकप्टरमा मुख्यमन्त्रीको अवलोकन भ्रमण


पोखरा

सरकारले मनाङलगायत बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि पठाएको हेलिकप्टरमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली मनाङ उड्नुभएको छ । सरकारले उद्धारका लागि पठाएको नेपाली सेनाको हेलिकप्टरमा मुख्यमन्त्री पोखरेल र मन्त्री दिपक मनाङे मनाङ अवलोकनमा उड्नुभएको हो ।

बाढीबाट अति प्रभावित मनाङ अझै उद्धारका लागि जनताले माग गरिरहेका बेला मुख्यमन्त्री पोखरेलको टोली चाउचाउ बोकेर मनाङ उडेको हो ।

यता उद्धार र राहतका लागि खटिने गरि केन्द्र सरकारले पठाएको हेलिकप्टरलाई होल्ड गरेर मुख्यमन्त्री पोखरेलको टोली अवलोकनमा निस्किएपछि सामाजिक सञ्जालमा आलोचना समेत भएको छ। केन्द्र सरकारको पहलमा सेनाको हेलिकप्टरले बुधवार मात्रै मनाङ नासोङ गाउँपालिकामा बाढीबाट प्रभावित बनेका करिब सय जनालाई उद्धार गरेको थियो । जनताटाइम्सबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *