ओझेलमा समशितोष्ण बागवानी केन्द्र


काठमाडौंः  काठमाडौंको किर्तिपुर नगरपालिकामा रहेको समशितोष्ण बागवानी केन्द्र नजिकै भएर पनि ओझेल परेको छ । २०१९ सालमा जापान सरकारको सहयोगमा स्थापना भएको समशितोष्ण बागवानी केन्द्र धेरै सम्भावना भएरपनि प्रचार–प्रसार र क्षमता वृद्धि नहुँदा खुम्चेर बसेको छ । नेपालको मध्यपहाडमा हुने सबै प्रकारका फलफुलको प्रसारको लागि बिउ, बेर्ना, विरुवा, उत्पादन गर्ने भएपनि सरकारको प्राथमिकतामा क्रमसः खुम्चदो छ । अंगुर, नासपाती, आरु, किवी, एभाकाडो, हलुवावेद, अम्बा, बयर तथा सुन्तला जातका फलफुलको ५० भन्दा बढी जातका फलफुलको विरुवा यस केन्द्रले उत्पादन गर्दै आएको छ । यस केन्द्रमा उत्पादन हुने जापनिज नासपाति र वाइनको लागि राम्रो मानिएको स्टुवेन अंगुर विशेष रहेका छन् । यस्तै यो केन्द्रले मुख्यगरी विरुवा उत्पादन गरेर कृषक तथा व्यवसायीहरुलाई विक्रि वितरण गर्दै आएको केन्द्रकी सुचना अधिकारी सरिता गौतमले बताउनुभयो । यति धेरै सम्भावना र महत्व भएको बागवानी केन्द्र अहिले अतिक्रमणमा परेको छ । स्थापना कालमा करिब ४०० रोपनीमा फैलिएको यो केन्द्र सरकारी निकायको कार्यालय, सडक लगायतले क्रमशः अतिक्रमण गर्दै गएका छन् ।  काठमाडौं लगायतका मध्यपहाडी क्षेत्रमा समशितोष्ण जलवायुमा उपयुक्त हुने फलफुलको विरुवा उत्पादन गर्न यो केन्द्रको प्रचार–प्रसार र क्षमता वृद्धि गर्न आवश्यक छ ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *