बहिरा निस्किदै हुनु हुन्छ ? ख्याल गर्नुस कारवाहिमा पर्नु हुन्छ ।


निषेधाज्ञा पालना नगरेको भन्दै प्रहरीले नेपालगन्जका विभिन्न ठाउँबाट १३६ जनालाई पक्राउ गरेको छ। वडा प्रहरी कार्यालयले निषेधाज्ञा पालना नगरेको भन्दै उनिहरुलाई पक्राउ गरि कारबाही गरेर हिजो सांझ छाडिएको वडा प्रहरी कार्यालयका इन्चार्ज डिल्ली खडकाले जानकारी दिनुभयो ।

देशभर कोरोनाको नयाँ भेरिएन्ट सहितको संक्रमण तिव्र रुपमा फैलिएको र यसको संक्रमणको रोकथाम तथा नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय बाँकेले जारी गरेको निषेधाज्ञाको अवज्ञा गर्ने १२० जना पुरुष, १६ जना महिला गरी १३६ जनालाई कारबाही गरिएको प्रहरीले जनाएको छ ।

त्यसैगरि १० वटा मोटरसाईकल, ३ वटा चार पाङ्ग्रे, ८ वडा ई-रिक्सा सहित चालकलाई सम्झाइ बुझाई छाडिएको पनि उहाँको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी सुभाष खडकाका अनुसार निषेधाज्ञाको पालना नगर्नेहरुलाई पक्राउ गरेर कारबाही गर्ने गरिएको छ । मास्क नलगाई हिड्ने व्यक्तिहरुलाई कारवाही गरी ४ हजार पाँच सय रुपैयाँ जरिवाना गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *