
बाँके,जेठ १८ गते । जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले नेपालगञ्ज उप महानगरपालिका– २३ हिरमिनिया बस्ने १८ वर्षका अशोक कुमार यादव र सोहि ठाउमा बस्ने १९ वर्षय सराफत शेखलाई १ सय ७ ओटा लागू पदार्थ कोरेक्स सहित सोमबार रातिे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । नेपालगञ्ज उप महानगरपालिका २३ नयाँ बस्तीबाट नेपालगञ्ज ल्याउनेक्रममा विशेष सूचना को आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेको विशेष प्रहरी टोलि खटि चेकजाँचक्रममा दुईजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
१०७ सिसि कोरेक्स लागू पदार्थ सहित यादव र शेख पक्राउ पछि अनुसन्धानको क्रममा सोधपुछ गर्दा उनीहरु सहित नेपालगञ्ज उप महानगरपालिका २३ भज्जीपुर्वा वस्ने वर्ष ४६ को देवी बनियाको पनि मिलेमतो रहेको बयानको आधारमा निज बनियालाई पनि पक्राउ गरि अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
