ठाकुर पक्षद्वारा कार्यकरिणी हेरफेर


काठमाडौं: जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले कार्यकारिणी समितिमा हेरफेर गर्नुभएको छ ।अध्यक्ष ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादव पक्षका २० जनालाई हटाएर आफ्नो पक्षबाट २० जनालाई राखेर कार्यकारिणी समितिमा हेरफेर गर्नुभएको कार्यकारिणी सदस्य केशव झाले जानकारी दिनुभयो ।कार्यकारिणी समितिमा रहेका अध्यक्ष यादव पक्षका महेन्द्रराय यादव, मृगेन्द्रकुमार सिंह यादव, रामनरेश राय यादव, रमेशप्रसाद यादव, गज्जाधर रोहित यादव, रेणुकुमारी यादव, विजय यादव, नवलकिशोर साह, इस्तियाक राई, राजेन्द्रप्रसाद श्रेष्ठ, नजराज सुवेदी, युवराज कार्की, रकम चेम्जोङ, लालबाबु राउत, गंगानारायण श्रेष्ठ, रजध्वज लिम्बु, डम्बर खतिवडा, प्रकाश अधिकारी, प्रशान्त सिंह र भक्तबहादुर शाहलाई अध्यक्ष ठाकुरले हटाउनुभएको छ ।
५१ सदस्यीय कार्यकारिणी समितिमध्ये २० जना सदस्यलाई हटाएर अध्यक्ष ठाकुरले आफ्नो तर्फबाट २० जनालाई राख्नुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *