सरकार पक्षका वकिलहरु आज पनि वहस गर्दै


प्रतिनिधि सभा विघटनको मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका वकिलहरुले आज पनि संवैधानिक इजलासमा बहस हुने छ।सात घण्टाको समयमध्ये आजका लागि प्रधानमन्त्रीको तर्फबाट बहस गर्न चार घण्टा ३० मिनेट समय बाँकी छ । हिजोको बहसमा वरिष्ठ अधिवक्ता सुशील पन्तले प्रतिनिधिसभा विघटनका विषयमा राष्ट्रपतिलाई मुद्दा लगाउन नमिल्ने तर्क गर्नुभयो ।संवैधानिक इजलासमा प्रधानमन्त्रीको तर्फबाट बहस गर्दै उहाँले प्राकृतिक न्यायको सिद्धान्तले पनि राष्ट्रपतिविरुद्ध मुद्दा हाल्न नमिल्ने तर्क गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *