प्रधानमन्त्री ओली आफू निकट नेताहरुसँगको छलफलमा


सर्वोच्च अदालतको आदेशपछि २० मन्त्री पदमुक्त भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकट नेताहरुसँग छलफल गरेका छन्।

प्रधानमन्त्री ओलीले अदालतको आदेशपछि कसरी अगाडि बढ्ने भन्ने विषयमा उनीहरुसँग छलफल गरेका हुन।

छलफलमा प्रदीप ज्ञवाली, ईश्वर पोखरेल लगायतका नेताहरु सहमागी थिए।

यस अघि मंगलबार ओलीले पदमुक्त भएका २० मन्त्रीहरुसँग बालुवाटारमा छलफल गरेका थिए।

निवर्तमान मन्त्रीसँगको छलफलमा प्रधानमन्त्री ओलीले अदालतले दु:ख दिएको बताएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *