इन्टरनेट सेवाप्रदायक र नेपाल विद्युत प्राधिकरण विद्युत पोलको भाडाको विषयलाई लिएर आमनेसामने भएका छन् । विद्युत प्राधिकरणले पोलको भाडा चर्को रुपमा बढाएसँगै इन्टरनेट सेवाप्रदायक र विद्युत प्राधिकरणबीच विवाद चर्किएको हो ।
विवादकै शृङ्खला चलिरहँदा बिहीबार इन्टरनेट सेवाप्रदायकले इन्टरनेट सेवाको मूल्य समेत बढाउने निर्णय गरेका छन् । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) को बैठकले ग्रामीण क्षेत्रमा प्रतिग्राहक तीन सय र सहरी क्षेत्रमा प्रतिग्राहक एक सय ५० रुपैयाँका दरले इन्टरनेटको मूल्य बढाउने निर्णय गरेको हो ।
त्यसो त यस अघि नै विद्युत पोलको भाडा बढेपछि त्यसलाई घटाउन सेवाप्रदायकले विभिन्न तहमा दबाब दिँदै आएका थिए ।

