डुडुवा गाँउपालिकाकाे बजेट कति छ ? याे पढ्नुहाेस ।


डुडुवा गाउँपालिकाको नयाँ आर्थिक वर्ष २०७८/०७९ को निति तथा कार्यक्रम र बजेट प्रस्तुत भएको छ । गाउँपालिकाको आज बिहीबार बसेको नवौ गाउँसभाले दुई वटा विधियेक, ७० बुंदे निति तथा कार्यक्रम र रु ६८ करोड ६३ लाख ११ हजारको प्रस्तावित बजेट सार्वजनिक गरेको हो ।

गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी (पप्पु) ले कोभिड १९ लाई समेत लक्षित गरि शिक्षा, स्वास्थ्य, कृषि, पशु, स्वरोजगार, विपत, बन तथा बातावरण, विकास निमार्ण लगायतका ७० बुंदे महत्वपूर्ण निती तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।

कोभिड-१९ महामारी नियन्त्रणको लागि कार्ययोजना निमार्ण, शाहपुर्वामा १५ शैय्याको अस्पताल निर्माण, चिकित्सक सहितको स्वास्थ्य सेवा सञ्चालन, संस्कृति, अवधी र उर्दु भाषाको संरक्षण र सम्बद्र्धन गर्न मातृभाषाका सहजकर्ता नियुक्त गरि मातृभाषाको संरक्षण, हरेक वडामा माध्यमिक विद्यालयको स्थापना, दक्ष प्राविधिक नियुक्त गरि घरघरमा सेवा प्रवाह, पर्यटकिय गुरु योजना निमार्ण, राप्ती नदीमा भगवान शिवको प्रतिमासहित उद्यान निमार्ण, राप्ती नदी र डुडुवा खोलामा रुयाटिग सञ्चालन, जेष्ठ नागरिकसंग गाउँपालिका अध्यक्ष कार्यक्रम, घरघरमा डुडुवा सरकारको अवधारणा कार्यान्वयन गर्न विभिन्न अभियानहरुको निरन्तरता लगायत ७० बुदें कार्यक्रम तथा योजना प्रस्तुत गरिएको छ ।

यसैगरि गाउँपालिकाको १ नंं. देखि ६ नंं वडामा
क्रमशः सडक विस्तार र स्तरोन्नती, फोहरमैलाको व्यवस्थापन तथा प्लाष्टिकजन्य बस्तुको व्यवस्थापन, प्राकृतिक तथा धार्मिक स्थल तथा पर्यटन क्षेत्रको संरक्षण, गुणस्तरिय शिक्षा, कृषि उत्पादन, पशु तथा व्यवसायिक खेती प्रबद्र्धन घरघरमा भत्ता वितरण, जेष्ठ नागरिक एकल महिला, तथा पिछडिएको वर्गका लागि विशेष कार्यक्रम, गाउँपालिकामा ग्राम उद्योगको स्थापनाको पहल, लगायतका कार्यक्रम अध्यक्ष चौधरीले प्रस्तुत
गर्नुभयो । संघिय सरकार, प्रदेश सरकार गाउँपालिकाको आन्तरिक स्रोत अन्तर्गत बजेट विनियोजन गरिएको हो ।

अध्यक्ष चौधरीले सभामा चालु आर्थिक वर्ष २०७७।०७८ को हालसम्मको बार्षिक प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । प्रगतिअनुसार केही महत्वपुर्ण कार्यक्रम तथा उपलब्धीमुलक कार्य सम्पन्न गरेको प्रगति प्रतिबेदनमा उल्लेख गरिएको थियो ।

सभामा विधायन समितिका संयोजक तथा कार्यपालिका सदस्य लिलावती यादवले डुडुवा गाउँपालिकाको विनियोजन ऐन २०७८ र डुडुवा गाउँपालिकाको आर्थिक विधियेक २०७८ प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत दुई वटा विधेयक, निति, तथा कार्यक्रम र बजेट सभाबाट सर्बसम्मत रुपमा पारित गरिएको थियो ।

गाउँसभा सचिव तथा प्रमुख प्रशासकिय अधिकृत प्रशुराम उपाध्यायले सञ्चालन गर्नु भएको सभामा गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, वडाध्यक्षहरु पटेश्वरी कुर्मी, गजेन्द्र कैराती, भण्डारीलाल यादव, सगिर खाा, प्रशुराम बुढाथोकी र मोहनराम मिश्र, सम्पूर्ण वडासदस्य, कार्यपालिका सदस्य लगायतको सहभागिता रहेको थियो ।

सभामा वडाध्यक्षद्धय भण्डारीलाल यादव र मोहनराम मिश्र र वडासदस्य आमोद तिवारी लगायतले विरोध जनाएर सभाबाट बाहिरिएपनि पछि आएर बैठक भत्ता र अन्य सुविधा बुझ्नु भएको थियो । कोरोना संक्रमण कोभिड-१९ को बेला सामाजिक दुरी कायम गरि स्वास्थ्य सुरक्षा अपनाएर गाउँसभा बसेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *