साउन २५ बाके आईपीएल २०२१ को दोस्रो चरणको तयारी तीव्र गतिमा भइरहेको छ। बीसीआई र सबै फ्रेन्चाइजीहरु आफ्नो तयारीमा व्यस्त छन्।
बीसीसीआई खेलाडीहरुको सुरक्षालाई ध्यानमा राखी आईपीएलका बाँकी खेल खेल्नका लागि सक्दो कोसिस गरिरहेको छ। सोही कारण बीसीसीआईले नयाँ नियम लागू गरेको छ।

बीसीसीआईले यूएईमा आयोजना हुने आईपीएलका लागि ४६ पृष्ठको नयाँ नियम जारी गरेको छ। इनसाइडस्पोर्टसमामा प्रकाशित समाचारमा भनिएको छ, ‘यदि बल स्ट्यान्डमा गएमा फेरि त्यसलाई फेरि प्रयोग गरिने छैन। एक नयाँ बल खेलाइनेछ। यदि ब्याट्सम्यानले छक्का हानेर बललाई स्ट्यान्डमा पुगाउँछन्। त्यो बाउन्ड्री बाहिर गएको बल सेनिटाइजर गरेर लाइब्रेरीमा राखिनेछ।’
यो नियम धेरै समस्याहरु सिर्जना गर्ने सम्भावना रहेको छ। किनभने आईपीए मा छक्काको वर्षा नै हुने कुरा सबैलाई थाहा छ। यसले गर्दा एकै म्याचमा धेरै बल चाहिनेछ। छक्का जाँदा बल परिवर्तन गर्दै गए अधिक समय लाग्ने पनि देखिन्छ।

आईपीएलका दोस्रो चरणमा दर्शकहरुलाई अनुमति दिइनेछ। यस्तो स्थितिमा यदि बल स्ट्याण्डमा गए केही दर्शकले बललाई छुनेछन्। यही कारणले यो निर्णय लिइएको हो। बीसीसीआई कुनै जोखिम लिन चाहँदैन।