
नेपालगन्ज : आज राष्ट्रिय धान दिवस तथा धान रोपाई महोत्सव लुम्बिनि प्रदेशको बाँकेमा भाव्यताका साथ मनाइएको छ । १८ औ राष्ट्रिय धान दिवसको अवसरमा लुम्बिनि प्रदेशेका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रलाय, कृषि ज्ञान केन्द्र बाँकेको सहकार्यमा धान दिवस तथा धान रोपाई महोत्सव मनाइएको छ । धान उत्पादनमा बृद्धि खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धिको नारा सहित धान दिवस मनाइएको हो ।
जानकी गाँउपालिकाको कर्मोहनामा आज १८ औ राष्ट्रिय दान दिवसको अवसर पारेर धान रोपाई महोत्सव हर्सउल्लासका साथ मनाईएको छ । धान रोपाईको अवसर पारेर बाँकेमा पहिलो पटक अत्याधुनिक धान रोपाई गर्ने मेसिन प्रयोग गरेर धान रापाई गरेको हो । नेपालमा सरकारले कृषिमा करोर्डौ लगानी गरेपनि कृषि क्षेत्र मौसमको कारणले उकास्न नसकेको लुम्बिनि प्रदेशको भुमि व्यवस्था कृषि तथा सहकारी मनित्र विजय बहादुर यादवले बताउनु भयो । किसानाहरुलाई सजिलै मल विउ र सिचाँई सजिलै उपलब्ध गराउन सक्दैनो तब सम्म कृषि क्षेत्र पछि पर्ने अवस्था रहने बताउनु भयो । किसानले उत्पादन गरेको खद्यान्न बिचोलियाहरुले खाई दिने र किसानहरुले पाउनु पर्ने मुल्य नपाएको हुनले किसानहरु कृषि पेशाबाट पलायन भैरहेको आवस्था मन्त्रिले बताउनु भयो ।

बाँकेमा अहिले सम्म ४५ प्रतिशत खेतहरुमा धान रोपाई भैसकेको छ । गत बर्ष जस्तै यो बर्ष पनि राधा चार, साँवा मन्सुली र केही हाइब्रेड जातका धानहरु किसानहरुले रोपाई गरिरहेका छन् । गत बर्ष जस्तै यो बर्ष पनि ३६ हजार ५ सय हेक्टर क्षेत्रफल जमिनमा रोपाई भएको थियो भने यो बर्ष पनि गत बर्षकै बराबर क्षेत्रफलमा रोपाई भैरहेको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले बताउनु भयो ।
सिक्टा नहर र प्रबिधि मैत्री बन्दै गएको कारणले बाँकेमा धान रोपाईको त्यति समस्या नरहेको उनले बताए । नेपालमै धानको बिउ उत्पादन गर्न सके अझै किसानहरुलाई थप राहत हुने प्रमुख ढकालले बताउनु भयो ।
सरकारले तोके अनुसार किसानहरुले उत्पादन गरेको मुल्यमा धान बिक्रि गर्न सकिरहेका छैनन् । सरकारले २८ सय रुपैँया प्रति क्वाइन्टल समाथ्र्य मुल्य तोकेपनि बिचौलियको कारणले २ हजारमा बध्य भएर बिक्रि गर्नु पर्ने अवस्था आएको छ । सरकारले किसानहरुलाई केहि अनुदान नदिए पनि मल र विउमा अनुदान दिएपछि किसानहरु मर्कामा नपर्ने जानकी गाँउपालिकाका किसान सन्त कुमार बर्माले जिकिर गर्नु भयो । किसानहरुले ठुला ठुला औजार किन्ने क्षमता नभएकोले एरिया तोकेर किसानहरुलाई आवश्यक पर्ने औजारको व्यवस्था मिलाउन जरुरी रहेको किसान बर्माले बताउनु भयो ।

सरकारले कृषि उपादनमा करोडौ लगानी गरेपनि आवश्क पर्ने स्थानहरुमा लगानी गर्न सकेको छैन । वास्ताविक किसानहरुले अनुदान नपाउने र विचौलिया किसानहरुले बर्षेनी सरकारबाट अनुदान कुम्ल्याई रहेका छन् । यस्ता किसानहरुलाई केन्द्रबाटे अन्त्य गर्न जरुरी देखिन्छ । धान रोपाई महोत्सवमा लुम्बिनि प्रदेशका उद्योग वन तथा वातावरण मन्त्रलायका मनित्र कल्पना पाण्डे र बाँकेका सरकारी प्रतिनिधिहरुको उपस्थीति रहेको थियो भने कृषि ज्ञान केन्द्र बाँके,कृषि वाली विकास निर्देशनालय बाँके, कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्र बाँके, वाली संरक्षण प्रयोग शाला बाँकेको सहकार्यमो उक्ता दिवस मनाइएको हो ।
