नेकपा एमालेका केन्द्रिय कमिटी बैठक भोलिसम्मको लागि स्थगित


काठमाडौंः  नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले पार्टीको केन्द्रिय कमिटी बैठक भोलिसम्मको लागि स्थगित भएको बताउनुभएको छ ।  उहाँले आजको बैठकले १० बुँदे प्रस्तावलाई अनुमोदन गर्दै मंगलवार ३ बजे पुनः बस्ने गरी बैठक स्थगित गरिएको बताउनुभएको हो ।

बैठकमा पार्टीभित्र लामो समयदेखि चलेको छलफल, जेठ २३ गते पार्टी अध्यक्षले गर्नुभएको आह्वान र असार २८ गते पार्टीले गरेको १० बुँदे प्रस्तावको बारेमा छलफल भएको छ ।

केन्द्रिय कमिटीको १० औँ बैठक २०७५ जेठ २ को सिलसिलामा जोडेको बताउँदै प्रवक्ता ज्ञवालीले अहिले विकशित भएको घटनाक्रमले नेपालले हाँसिल गरेका अग्रगतिका प्रयासहरु, माथिको एक खालको धक्काको रुपमा पार्टिले लिएको बताउनुभएको छ ।

आईतवार पार्टीका केही सांसदहरुले पार्टी निर्णयको अवज्ञा गर्दै फ्लोर क्रस गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनुभयो, यो पार्टी अनुशासनको दृष्टि, कम्युनिष्ट आन्दोलनको आदर्शको दृष्टिले जनताको भावनाको दृष्टिले सबै दृष्टिले सर्वथा अनुचित छ, । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *