‘हंगामा’ २ रिलिजको मिति तोक्यो


बलिउड अभिनेत्री शिल्पा शेट्टी र परेश रावलको फिल्म ‘हंगामा २’ को लामो समयदेखि फ्यानहरु प्रतिक्षारत छन् । यो फिल्म २००३ मा निर्माण भएको प्रियदर्शनले निर्देशन गरेको फिल्म ‘हंगामा’को अर्को भाग हो । फिल्ममा मिजान जाफरी र प्रणिता सुभाष पनि देखिएका छन् ।यस फिल्मलाई निर्माताहरुले थिएटरमा रिलिज गर्न चाहान्थे तर कोरोना कहरको कारण सम्भव नभएपछि ओटिटी प्लेटफर्ममा रिलिज गर्ने निर्णय गरेका हुन् । निर्माताले आज फिल्मको नयाँ पोस्टर सार्वजनिक गर्दै २३ जुलाईमा डिज्मी प्लस हाटस्टारमा रिलिज हुने जानकारी दिएका हुन् । फिल्मको ट्रेलर पनि आजै सार्वजनिक भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *