काठमाडौँ उपत्यकामा थप खुकुलो बनाउँदै फेरि निषेधाज्ञा थप्ने तयारी


काठमाडौं उपत्यकामा थप खुकुलो बनाउँदै फेरि एक हप्ता निषेधाज्ञा थप्ने तयारी गरिएको छ। यस विषयमा छलफल गरेर निर्णय लिन आज दिउँसो काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दैछ। बैठक दिउँसो तीन बजे काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा बस्ने भएको छ ।

सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली हटाएर संचालन गर्न दिने विषयमा छलफल भए पनि निर्णय भएको छैन । यसपटक माइक्रो बस र टेम्पोबारे निर्णय हुने छ ।अघिल्लो साताको बैठकले २५ भन्दा बढी सिटका सार्वजनिक सवारी साधनहरु जोर–बिजोरको आधारमा सन्चालन गर्न दिने निर्णय गरेको थियो ।

कोरोना संक्रमण फैलिन नदिने उद्देश्यले गत वैशाख १६ देखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *