कालिकोट । कालिकोटबाट नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेद्वार महेन्द्रबहादुर शाही बिजयी भएका छन् ।

उनले एमालेका नगिन्द्र शाही नेशनललाई ९ सय ८६ मतान्तरले पछि पार्दै विजयी भएका हुन् । नगिन्द्रले १० हजार ३ सय ५२ मत पाए । काँग्रेसका हर्षबहादुर बमले ७ हजार १ सय ३३ मत पाए ।

त्यस्तै नेकपा माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले ४ हजार ५ सय ९९ मत ल्याए भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रकाश न्यौपानेले २ हजार ९ सय ३७ मत पाएका हुन् ।
पूर्वजनमुक्ति सेनाको छैटौं डिभिजन कमान्डर शाहीले २०७० सालको दोस्रो संविधान सभा, २०७४ मा प्रदेश सभा, २०७९ सालमा प्रतिनिधि सभा र २०८२ मा पुनः प्रतिनिधि सभामा निर्वाचित भएका छन् । यो उनको चौथो पटकको जित हो ।
