
जंगली हात्ती गाउँ पसेर रौतहट जिल्लाका गाउँलेहरूमाथी ज्यादै नै आतंक मच्चाइरहेको छ। उनीहरू यतिबेला आफ्नो घरको छतमा बसेर कराइरहेका छन् भने कतिपय हात्तीलाई खेदाउन भनी हैट हैट भन्दै पछाडिबाट तर्साउने प्रयास गरिरहेका छन्।हात्तीले मानिसहरूका झुप्रा घरहरू सुँंडले तहसनहस गर्दै छ भने त्यहाँ भएका कतिपय रुखहरू समेत उखेलिदिएको छ।मानिसहरू हात्तीको पछाडि लाग्दै खेद्ने प्रयास गरिरहेका छन् तर हा’त्ती भने बिगार गर्दै आफ्नै सुरले कहिले बाटोमा त कहिले घर अगाडि हिँडिरहेको छ। जंगलमा भएको हात्ती नियन्त्रणमा नरहेकाले बर्सेनि रौतहट बासीहरूले यो हात्तीको आतंक सहनु परेको छ।यस अघिका वर्षहरूमा पनि हा’त्तीका कारण त्यहाँका केही स्थानीयहरूले धेरै दु’ख पाएका थिए।
रौतहटमा एक जङ्गली हात्ती जिल्लाका विभिन्न स्थानमाहरुमा देखापरेपछि स्थानीय त्रसित बनेका छन् । सो हात्तीले गएराति गरुडा- ५ स्थित शिवनगर महादेवस्थानमा आक्रमण गरेर एक घर भत्काएको थियो ।हात्तीले स्थानीय रामविलास बैठाको घर भत्काएको इ’लाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । प्रहरीका अनुसार बैठाका परिवार सु’ति’रहेको अवस्थामा एक्कासि हात्तीले आक्रमण गरेको र घरमा लगाइएको भित्ता भत्काएर अन्नपात खाएको हो ।
सोही हात्ती शनिबार बिहान देवाही गोनाही नगरपालिकामा देखिएको थियो भने अहिले माधवनारायण नगरपालिका वडा नम्बर ५ मिठुहवामा रहेको स्थानीय नितेश गुप्ताले जानकारी दिनुभयो । उहाँका अनुसार सो हा’त्ती विभिन्न टोलहरुमा घुमिरहेको र केही घरहरुमा क्षति पुर्याइसकेको छ ।डिभिजन वन कार्यालय रौतहटका जिल्ला वन अधिकृत अमरदेव प्रसाद यादवका अनुसार बारा जिल्लाको लौ’टन हुँदै रौतहट जिल्ला प्रवेश गरेको सो हात्ती चितवन वा पर्सा राष्ट्रिय निकुञ्जबाट आएको हुनसक्ने सम्भावना रहेको छ । जङ्गलबाट निस्केर आएको सो हा’त्तीले वर्षाको कारण जतातत्तै पानी जमेकाले आफ्नो बाटो पत्ता लगाउने इन्द्रिय क्षमतामा ह्रा’स आएकाले जङ्गल फर्कने बाटोको खोजीमा भौतारिरहेको हुनाले सो हात्तीलाई कुनै पनि किसिमको बा’धा नपुर्याउन सर्वसाधरणहरुमा अनुरोध गर्नुभयो
बाटो बिर्सिएर गाउँ पसेको हात्तीलाई जिस्काउँदा, जथाभावि प्रहार गर्दा, होहल्ला मचाउँदा झन् उग्र हुनसक्छ,’ यादवले भन्नुभयो, ‘हात्तीलाई शान्त भएर आफ्नो बाटो खोज्न दिनुपर्छ । उसलाई वाधा पुर्याए रिसाएर ठुलो भौतिक तथा मानवीय क्षति पुर्याउनसक्छ ।’उहाँले सो हात्तीलाई बेहोस बनाएर जङ्गल फिर्ता लान पर्सा राष्ट्रिय निकुञ्जको टोलीसँग कुरा भइसकेकाले सोहीको तयारीमा आफुहरु लागेको जानकारी दिँदै त्यतिबेरसम्म हा’त्तीलाई शान्त र एकाग्र भएर आफ्नो बाटो खोज्न सहयोग गर्न स्थानीयलाई अनुरोध गर्नुभयो ।
यता, पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षक मनोज साहले हा’त्तीलाई बेहोस पारेर सो स्थानबाट अन्यन्त्र लैजाने काम एकदमै जटिल र गाह्रो भएकाले स्थानीयले सामाजिक एकजुटता देखाएर हात्तीलाई आफ्नो गन्तव्य खोज्न मद्दत गर्नुपर्नेमा जोड दिनुभयो ।उहाँले हात्तीलाई नजिस्काउने, वा’धा -वरोध नगर्ने हो भने कसैलाई नो’क्सान नपुर्याउने बताउँदै हात्तीलाई सुरक्षित वनतर्फ जाने वातावरण सृ’जना गर्न निकुञ्जले डिभिजन वन कार्यालयलाई आवश्यक प्राविधिक तथा जनशक्ति सहयोग उपलब्ध गराउने बताउनुभयो । ‘हात्तीले हजारौँ हजारौँ वर्षदेखि प्रयोग गर्दै आइरहेको बाटोमा हामीले हाम्रो संरचना बनाएका छौँ ’ उहाँले भन्नुभयो , ‘हात्तीहरु त जस्तो थिए उस्तै छन्, बद्लिएको त हामी मात्र हो । उनीहरुको प्राकृतिक बाटोमा हामीले कृत्रिम संसार बनाइदियौँ ।
सरोकारवाला निकायहरुले हा’त्तीलाई वाधा नपुर्याउन अनुरोध गरे पनि स्थानियहरुले हात्तीलाई हेर्न, भिडियो खिच्न, भगाउन भन्दै होहल्ला र अवरोध गरिरहेका छन् । डिभिजन वन कार्यालय रौतहतले यस्ता कृयाकलापबाट हा’त्ती रिएर ठुलो क्षति पुर्याउने चिन्ता व्यक्त गर्दै स्थानीयलाई नआतिन र संयम अपनाउन आग्रह गरेको छ भिडियो हेर्नुहोस |
