डीडीसीलाई २० करोड रुपियाँ सहुलियत ऋण उपलब्ध


काठमाडौँ: किसानको बक्यौता रकम भुक्तानी गर्न सरकारले दुग्ध विकास संस्थान (डीडीसी)लाई २० करोड रुपियाँ सहुलियत ऋण उपलब्ध गराएको छ । सरकारले ५ प्रतिशत ब्याजमा १० वर्षका लागि २० करोड रुपियाँ ऋण दिएको हो । वार्षिक दुई/दुई करोडको दरले सो रकम फिर्ता गर्नुपर्ने सर्त रहको छ ।लामो समयदेखि किसानलाई भुक्तानी नगरेका कारण आर्थिक रूपमा डीडीसीलाई गाह्रो भइरहेको थियो । कोरोनाका कारण दूध तथा दुग्ध पदार्थ बिक्री नहुँदा किसानलाई भुक्तानी गर्न डीडीसीलाई समस्या परेको थियो । त्यसपछि डीडीसीले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमार्फत सरकारसँग सहुलियत ऋण मागेको थियो ।सरकारबाट प्राप्त रकम वितरण गरे पनि किसानलाई दिनुपर्ने ४५ करोड रुपियाँ अझै बक्यौता रहेको छ । डीडीसीका महाप्रबन्धक रुद्रप्रसाद पौडेलका अनुसार सरकारबाट प्राप्त रकमले चैत १५ सम्मको बक्यौता रकम किसानलाई वितरण गर्ने कार्य भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *