जुम्लामा रैथाने बाली संरक्षण गर्न ७ ओटा पकेट क्षेत्र निर्धारण


जुम्लाको पातारासी गाउँपालिकाले रैथाने बालीको संरक्षणका लागि सातओटा पकेट क्षेत्र छुट्याएको छ । एक गाउँ, एक उत्पादनलाई प्रोत्साहन दिन, चक्लाबन्दी खेतीलाई जोड दिन, सामूहिक खेती प्रोत्साहन गर्न र कृषिलाई व्यावसायिक बनाउन गाउँपालिकाभित्र सातओटा पकेट क्षेत्र निर्धारण गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले फापर क्षेत्र, ओखर पकेट क्षेत्र, आलु पकेट क्षेत्र र तरकारी पकेट क्षेत्रसहित सातओटा पकेट क्षेत्र छुट्याएको हो । संघीय सरकारबाट गाउँपालिको स्यालागडी गाउँमा फापर, पेरेमा सिमी र कालीमार्सी धान, लुममा चिनो कागुनो, लोर्पामा ओखर, उर्थुमा तरकारी र पट्मारालाई आलु पकेट क्षेत्र तोकिएको छ । फापर खेतीका लागि सात लाख ७० हजार, सिमीका लागि पाँच लाख ८५ हजार, कालीमार्सी धानका लागि ४८ लाख पाँच हजार, कागुनो चिनो पकेट क्षेत्रमा ४८ लाख पाँच हजार, ओखरखेतीमा पाँच लाख ८५ हजार र आलु पकेट क्षेत्रमा ४८ लाख पाँच हजार बजेट छुट्याइएको छ ।

This image has an empty alt attribute; its file name is download_ROOuU5vSfQ.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *