नेपालगन्जः प्रधानमन्त्री ओलीले प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड ( १९ युनिफाइड केन्द्रीय अस्पताल, वीर अस्पतालको तल निर्मित सर्जिकल भवनको आइतबार समुद्घाटन गर्नुभयो । सन् २०२१ भित्र सबैलाई कोभिड ( १९ विरुद्धको खोप लगाईसक्ने गरि सरकारले प्रयास अघि बढाएको बताउनुभएको छ । कोभिड ( १९ युनिफाइड केन्द्रीय अस्पताल, वीर अस्पतालको तल निर्मित सर्जिकल भवनको आइतबार समुद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सबै नागरिकलाई खोपको सुनिश्चितता गर्ने गरि सरकारले पहलकदमी अघि बढाएको बताउनुभएको हो । उहाँले जनताको जीवन रक्षा पहिलो कर्तव्य भन्ने भावनाका साथ सरकारले काम गरिरहेको स्पष्ट पार्नुभयो । वर्तमान सरकारले जनताको जीवनलाई सर्वाधिक महत्व दिएको र जनताको जीवन नै राष्ट्रको सबै भन्दा ठूलो प्राथमिक महत्वको विषय हो भन्ने भावनाका साथ कोभिड १९ विरुद्धको लडाई अघि बढाएको पनि उहाँले दाबी गर्नुभयो । उहाँले लगभग यस बर्षको अन्त्य सम्ममा मोटामोटी रुपमा भ्याक्सिन लगाइसक्ने गरी सरकारले प्रयास गरिरहेको बताउनुभयो । प्रधानामन्त्री ओलीले भ्याक्सिनको अभावबाट कोही पनि तड्पिन पर्ने स्थिति आउन नदिने बताउनुभयो ।
