सर्वोच्चको फैसलापछि कमल थापाले भने- अदालतमा आज गोरू व्यायो


सर्वोच्चको फैसलापछि कमल थापाले भने- अदालतमा आज गोरू व्यायो
फाइल फोटो

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देश अस्थिरतामा फस्ने टिप्पणी गरेका छन्। 

सर्वोच्च अदालतले सोमबार दिउँसो प्रतिनिधि सभाको पुनर्स्थापना र देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि उनले ट्वीटमार्फत् यो

फैसलाले कार्यान्वयनमा जटिलता थपिने बताए। 

‘राजनीतिक फैसला, कार्यान्वनमा जटिलता, देश अस्थिरतामा फस्ने खतरा,’  थापाले लेखेका छन्। 

उनले सर्वोच्चको यो फैसलालाई ‘गोरु व्यायो’को संज्ञासमेत दिएका छन्। ‘वरिष्ठ राजनीतिज्ञ स्व.राजेश्वर देवकोटाको शब्द सापटी लिए- सर्वोच्च अदालतमा आज गोरू व्यायो,’ थापाले व्यंग्यात्मक शैलीमा लेखेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *