
हेइटीका राष्ट्रपति जोभेनल मोइजको हत्यामा संलग्न भएको अभियोगमा मुख्य संदिग्ध मानिएका एक डाक्टर गिरफ्तारमा परेका छन्।
हेइटी प्रहरीका अनुसार मोइजको हत्यामा संलग्न भएको अभियोगमा पक्राउ परेका व्यक्ति ६३ वर्षका क्रिस्टियन इम्यानुअल सेनोन हुन्।
डाक्टर उनी हेइटीकै नागरिक हुन्। उनी राजनीतिक उद्देश्यका गत जुन महिनाको सुरुवातमा प्राइभेट जेटमा हाइटी आएको बताइएको छ।
गत ७ जुलाईमा २८ विदेशी भाडाको लडाकुले राष्ट्रपति मोइजको निवासमै हत्या गरेका थिए।
गोली लागेर मोइजको मृत्यु हुँदा फर्स्ट लेडी मार्टिन मोइज गम्भीर घाइते भएकी थिइन्। हाल उनको अमेरिकामा उपचार भइरहको छ |
प्रहरी प्रमुख लियोन चार्ल्सले भनेका छन्,‘पक्राउ परेका क्रिस्टियन इम्यानुअल राजनीतिक उद्देश्यका साथ प्राइभेट जेटमा हेइटी आएका थिए। सुरुवातमा राष्ट्रपति मोइजलाई बन्धक बनाउने योजना थियो तर योजना असफल भएपछि हत्या भयो।’
प्रहरीले आक्रमणकारीलाई गिरफ्तार गर्न घेर्दा उनीहरुले हाल पक्राउ परेका क्रिस्टियन इम्यानुअललाई फोन गरेका थिए। भाडाका लडाकुले अन्य दुई व्यक्तिलाई पनि फोन गरेको बताइएको छ।
हत्याकाण्डका योजनाकार अन्य दुईको पनि यतिबेला खोजी कार्य जारी छ। बीबीसी
