करणी मुद्दामा फरार थारु ढकेरीबाट पक्राउ


जबरजस्ति करणी मुद्दामा फरार एक जनालाई आज बाँके प्रहरीले पक्राउ गरेको छ । राप्तीसोनारी गाउँपालिका–९ ढकेरीका २८ वर्षीय जितबहादुर थारुलाई ढकेरीबाटै पक्राउ गरिएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिनुभयो ।

करणी मुद्दामा थारुलाई जिल्ला अदालतले गएको चैत २२ गते दोषी ठहर गर्दै ९ वर्ष ८ महिना २२ दिन कैद सजाए तोकेको थियो । त्यसपछि थारु फरार थिए । उनलाई आजै जिल्ला अदालतमा बुझाइएको पनि डिएसपी न्यौपानेले बताउनुभयो ।

May be an image of 1 person
फरार प्रतिवादी

Leave a Reply

Your email address will not be published. Required fields are marked *