संक्रामण बढ्दै लापरवाही उस्तै


नेपालगन्ज : कोरोना संक्रमणको जोखिम बाँकेमा घटेको छैन तर लापरवाही भने बढेको छ ।

कोरोना संक्रमणको दोस्रो लहरले नराम्रो संग थलाएको बाँके जिल्ला र अझ नेपालगन्जमा हालका दिनहरूमा लापरवाही अत्याधिक बढेको हो ।

सरकारले अघोषित रुपमा लकडाउनको अन्त्य गरे संगै बाँकेका नेपालगन्ज, कोहलपुर र खजुरा लगायतका भिडभाड हुने क्षेत्रमा हालका दिनमा लापरवाही बढेको छ ।

स्वास्थ्य सुरक्षाको मापदण्ड समेत पालना हुन छोडेको नेपालगन्ज बजारमा भिडभाड र विभिन्न स्थानमा सेमिनार, गोष्ठी, भेला र पार्टीहरु निर्वाध रुपमा हुँदै आएका छन् ।

पछिल्लो राजनैतिक घटनाक्रम संगै आन्दोलनका कार्यक्रम समेत नेपालगन्जमा भैसकेका छन् र केही संगठनले आन्दोलन गर्ने चेतावनी समेत दिइसकेका छन् ।
तर नेपालगन्ज र बाँकेमा भने कोरोना संक्रमण शून्य भएको छैन । सम्भावित तेस्रो लहरको चुनौती त छदै छ तर दोस्रो लहरबाट समेत नेपालगन्ज वा बाके मुक्त नभएको अवस्थामा बढ्दै गएको लापरबाहीले पुनः बाँके कोरोना कहरको केन्द्रमा रहने अनुमान गर्न थालिएको छ ।

डिडिसिएमसी बाँकेले बुधबार जारी गरेको २४ घन्टाको डाटा अनुसार बाँकेमा गरिएको परिक्षण २१ जनामा भाइरस संक्रमण पुष्टि भएको जनाएको छ । दुईवटा प्रयोगशालामा ११७ नमुना परीक्षण गर्दा २१ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा ६० नमुना परीक्षण गर्दा १७, नेपालगञ्ज मेडिकल कलेजमा ५७ नमुना परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन समिति बाँकेले जनाएको छ । तीमध्ये बाँकेका ७ जना थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *