मुम्बईलाई सहजै हरायो बैंगलोरले


दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बैंगलोरले जितका लागि दिएको १६६ रनको लक्ष्य पछ्याएको मुम्बईले १८ ओभर १ बलमा मात्र १११ रन बनायो । मुम्बईका लागि रोहित शर्माले सर्वाधिक ४३ रन बनाए ।

त्यस्तै क्विन्टन डीककले २४ रन बनाउँदा बाँकी कुनै पनि ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् । बलिङतर्फ बैंगलोरका लागि हर्सल पटेलले ह्याट्रिक सहित ४ विकेट लिए ।

उनले १६औँ ओभरको पहिलो बलमा हार्दिक पाड्यालाई आउट गराए, दोस्रो बलमा काइरन पोलार्डलाई आउट गराएका पटेलले तेस्रो बलमा राहुल चहरलाई आउट गराएका हुन् ।

बैंगलोरका लागि युजभेन्द्र चहालले तीन विकेट लिँदा ग्लेन म्याक्सवेलले २ र मोहमद सिराजले एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६५ रन बनायो ।

बैंगलोरका लागि ग्लेन म्याक्सवेलले अर्धशतक प्रहार गरे । ३७ बल खेलेका उनले ६ चौका र ३ छक्काको सहयोगमा ५६ रन बनाए । कप्तान बिराट कोहलिले ४२ बल खेल्दै ५१ रन बनाए।सिखर भट्राले ३२ रन बनाउँदा एभी डिभिलियर्सले ११ रनको योगदान गरे ।

बलिङतर्फ मुम्बईका लागि जस्प्रित बुम्रहाले सर्वाधिक तीन विकेट लिए । त्यस्तै आदम मिल्ने, ट्रेन्ट बोल्ट र राहुल चहरले समान एक–एक किवेट लिए । जितसँगै बैंगलोरले १० खेलमा १२ अंक जोडेको छ ।

बैंगलोर तालिकाको तेस्रो स्थानमा छ । मुम्बईको ८ अंक सहित । मुम्बई अंक तालिकाको सातौं स्थानमा झर्‍यो  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *