
जिल्ला प्रहरी कार्यालय बाँकेले मंगलवार १० बजेको समयमा नेपालगन्ज उपमहानगरपालिका १० स्थित बेवारिसे अवस्थामा रहेको लत्ता कपडाहरु फेला पारेको छ ।
करिब एक लाख दुई हजार सात सय रुपैया मुल्य बराबरको लेडिज सुट, तन्ना, लेडिज सल जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलिले फेला पारेको हो ।
फेला पारेको लत्ता कपडा रितपुर्वक बरामद गरी आवश्यक कारवाहीको लागी भन्सार कार्यालय नेपालगंज बाँकेमा बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मधुसुधन न्यौपानेले जानकारी दिनु भयो ।
