लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित


May be an image of 4 people
फाइल फोटो

लुम्बिनी प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम प्रदेश सभाबाट आइतबार पारित भएको छ।

नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो। योसँगै वार्षिक बजेट पारित गराउन मुख्यमन्त्री शंकर पोखरेललाई सहज भएको छ।

‘४२ जना सांसदको सरकारलाई समर्थन कायम रहेको छ,’ प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री बैजनाथ चौधरीले भने, ‘नीति तथा कार्यक्रम पारित भयो। अब बजेट पनि पारित हुन्छ।’

विपक्षी दलहरुले मुख्यमन्त्री पोखरेलले यसअघि बहुमत पुर्‍याउँदाको प्रक्रियामाथि नै प्रश्न उठाउँदै उनी अल्पमतमा रहेको दावी गर्दै आएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *