
काठमाडौंः प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समिति अन्र्तगतको नागरिक उड्ड्यन, युरोपेली मुलुकहरु र इजरायल हेर्ने डेस्कले निषेधाज्ञाको समयमा चार्टर्ड फ्लाइटको भाडा बढी लिनेलाई कारबाही गर्नुपर्ने बताएको छ । मंगलबार अन्तर्राष्ट्रिय सम्बन्ध समिति अन्र्तगतको नागरिक उड्ड्यन, युरोपेली मुलुकहरु र इजरायल हेर्ने डेस्कले नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक सँग छलफल गर्दै निषेधाज्ञाको समयमा चार्टर्ड फ्लाइटमा आवश्यकता भन्दा बढी भाडा लिई नागरिकलाई ठगिएको जनगुनासो आएकाले ठगिमा संलग्नको पहिचान गरी कारबाही गर्न अनुरोध गरिएको हो ।
छलफलबारे जानकारी दिदैँ समिति सदस्य दिव्यमणि राजभण्डारीले नाजायज फाइदा उठाउनेलाई कारबाही गरिनुपर्ने भन्ने कुरा राखेको बताउनुभयो । उहाँले नेपालको एयरलाइन्स्लाई युरोपमा अझँै कालोसूचीमा राखिएको भन्दै कालोसूचीबाट हटाउनको निम्ति के कसरी काम गर्दा सहयोग पुग्छ भन्ने विषयमा छलफल गरिएको पनि बताउनुभयो ।
उहाँले नेपाल वायु सेवा निगमसँग चिनियाँ जहाजको सञ्चालनमा देखिएको समस्याको सम्बन्धमा छलफल गरिएको पनि बताउनुभयो । साथै आन्दोलनरत कर्मचारीले किन आन्दोलन गरिरहनुपरेको छ भन्ने विषयमा पनि समि िसदस्यहरुले जानकारी लिएको उहाँले बताउनुभयो । निगमको समस्या समाधानको निम्ति समितिले सरकारलाई आवश्यक निर्देशन दिन तयार रहेकाले सुझाव दिन अनुरोध गरेको पनि उहाँले बताउनुभयो । छलफलका क्रममा नेपाल नागरिक उड्ययन प्राधिकरण महानिर्देशक राजन पोखरेलले चार्टड फ्लाइटमा स्वभाविक रुपमा भाडा बढी हुने भएपनि अनियमितता भने नभएको बताउनुभयो ।
एयरलाइन्स्को पक्षबाट कुनैपनि अनियमितता नभएको उहाँको भनाई छ ।छलफलमा नेपाल नागरिक उड्ययन प्राधिकरण महानिर्देशक राजन पोखरेल, नेपाल वायु सेवा निगमको प्रवन्ध निर्देशकसहित पाँच जना समिति सदस्यहरुको उपस्थिति रहेको थियो ।
