
नेपालगन्जः पछिल्लो २४ घण्टामा एक हजार ९१८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा एक हजार ४७५ जना कोरोना संक्रमित निको भएका छन भने सङ्क्रमणका कारण ३० जनाको मृत्यु भएको छ ।
योसँगै नौ हजार ६३७ जनाको मृत्यु भैसकेको छ । अहिलेसम्म ९४।६ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।
