कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले पुर्णता पायो ।



कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले पुर्णता पाएको छ। कर्णाली सरकारको मन्त्रिपरिषद् बैठकले बिहीवार सदस्य सचिव पदमा रविन्द्र चन्दलाई नियुक्त गरे सँगै खेलकुद परिषद्ले पुर्णता पाएको हो ।

प्रदेश सरकारले यसअघि, सदस्य–सचिव छनोट समितिले गत ३ माघमा अन्तर्वार्ता लिई तीन जनाको नाम सिफारिस गरेको थियो । सिफारिस गरिएका उम्मेदवारहरूमा रवीन्द्र चन्द, दीपक हमाल र प्रमोद हमाल थिए ।

छनोट समितिले गरेको मूल्यांकनमा रवीन्द्र चन्दले सर्वाधिक ६७.१७ अंक प्राप्त गरेका थिए भने दीपक हमालले ६०.६३ र प्रमोद हमालले ५२.३७ अंक प्राप्त गरेका थिए ।

सदस्य सचिव पदका लागि प्रारम्भमा २१ जनाले आवेदन दिएका थिए, जसबाट १० जनालाई अन्तर्वार्ताका लागि छनोट गरिएको थियो । अन्तर्वार्ता र मूल्यांकनका आधारमा उत्कृष्ट तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरिएको थियो, जसमध्येबाट चन्दलाई नियुक्त गरिएको हो ।

यस्तै, परिषद्को उपाध्यक्षमा प्रमोद हमाललाई नियुक्त गरिएको छ । हमाल यसअघि पनि परिषद्को उपाध्यक्ष थिए । मन्त्रिपरिषद् बैठकले परिषद्का सदस्यहरूमा पंखबहादुर मल्ल (कालीकोट), भीमकुमारी भुसाल (सुर्खेत), गोर्खबहादुर शाही (हुम्ला), पवनकुमार थापा (दैलेख) र किरणकिशोर सापकोटालाई मनोनयन गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता तथा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *