बारबर्दिया नगरपालिकामा स्मार्ट बाख्रापालन गाँउ ‘घर घरमा बाख्रा पालन’



ठाकुरबाबा नगरपालिका वडा न. ५ शाहिपुरका किसान बाख्रापालन ब्यवसायबाट मनग्य आम्दानी लिन सफल भएका छन्। लुम्बिनी प्रदेश सरकारको एक स्थानमा एक स्मार्ट कृषि गाँउ स्थापना कार्यक्रम अनुरुप यहाँका ५० घर कृषकहरु स्मार्ट बाख्रापालन व्यवसायबाट लाभ लिईरहेका छन्।

लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रदेश भित्रका १२ वटै जिल्लामा प्रत्येक निर्वाचन क्षेत्रको कम्तिमा एक स्थानमा एक स्मार्ट कृषि गाँउ स्थापना गर्ने उदघोष गरेको थियो। एक स्थानमा एक स्मार्ट कृषि गाँउ स्थापना गर्ने प्रदेश सरकारको लक्ष्य एतिबेला साकार भएको छ। बर्दिया जिल्लामा मात्र ८ वटा स्मार्ट कृषि गाँउ स्थापना भएका छन्। ठाकुरबाबा नगरपालिका वडा न. ५ शाहिपुरको ठाकुरबाबा स्मार्ट बाख्रा पालन समितीका ५० घर कृषकहरु बाख्रापालन ब्यवसायबाट मनग्य आम्दानी लिन सफल भएका छन्। स्मार्ट बाख्रा पालनबाट यहाँका किसानका आर्थिक स्थिती पहिलेको भन्दा धेरै सुधार आएको छ।

हाल बाख्रापालन समितीले बाख्राको– नश्ल सुधार केन्द्र ,दाना उद्योग स्थापना ,ओजोला घाँस खेतीको प्रर्दशनी, घाँसको स्रोत केन्द्र ,मिटमार्ट र नमुना खोर स्थापना गरी ब्यवसायलाई अझै प्रभावकारीर बजारमुखी बनाएको छ । त्यतिमात्र होइन, समितीले कृषि तथा पशुपन्छी क्षेत्रमा पुराएको योगदान सोरुप भूमी ब्यवस्था कृषि तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशबाट उत्कृष्ट स्मार्ट कृषि गाँउ पुरस्कारबाट २५ हजार नगद सहित पुरस्कृत भएको छ। प्रदेश सरकारको स्मार्ट कृषि गाँउ कार्यक्रम र एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालयको सहयोगका कारण बाख्रा पालन गर्न थप उर्जा मिलेको किसान बताउछन्। बैदेशिक रोजगारीबाट फर्केर समितीमा आवद हुदै बाख्रापालन ब्यवसाय गर्दा पाउदा निकै सन्तुष्ट देखिन्छन् तुल्सिराम थारु।

स्मार्ट बाख्रा पालन भन्ने बितिकै काम पनि स्मार्ट नहुने कुरा भएन सोहि अनुरुप बाख्राको लागि ओजला घाँस खेती पनि यहाँ हुदैछ। ठाकुरबाबा स्मार्ट बाख्रापालन समितीका सचिब मान कुमारी चौधरी यस घाँस खेतिको काममा सक्रिय छन्। प्रोटीन,भिटामिन र क्याल्सियम बढी मात्रामा पाईने हुदा बाख्रालाई यो घास निकै किफायती हुने उनि बताउछन्।

This image has an empty alt attribute; its file name is 3.jpg

यस कार्यक्रममा ८ सय भन्दा अधिक बाख्राहरु समाबेश छन भने ५० घर कृषक लाभांवित भएका छन्। यहाँ संचालित कार्यक्रमहरुबाट ५० घर कृषक लाभांवित भएका छन् भने पहिलेको तुलनामा किसानहरुको जीवन स्थरमा समेत परिवर्तन आएको छ।

कृषि उत्पादनलाई बजारमुखी ,ब्यवसायिकमुखी र आत्मनिर्भर बनाई कृषकहरुको प्रतिस्प्रधात्मक क्षेमता अभिवृदी गर्न एक स्मार्ट कृषि गाँउ स्थापना कार्यक्रम कृषिको रुपान्तरणमा फलदायी भएको छ। कृषिमा रोजगारीका अवसरहरु सृजना गरी हालको बेरोजगारी दरलाई न्यूनिकरण गर्न सके पक्कै पनि कृषिमा क्रान्ति त्यति टाढा छैन।

This image has an empty alt attribute; its file name is 2.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *