काँग्रेस सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच भेटवार्ता हुने


काठमाडौं, भाद्र ११ गते । प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता हुने भएको छ । पार्टीको क्रियाशील सदस्यता सम्बन्धि विवाद तत्काल टुंगो लगाई पार्टीको महाधिवेशन समयमै सम्पन्न हुने गरी प्रक्रिया सुरु गर्न दवाव दिँदै आएका वरिष्ठ नेता पौडेलले आज अपरान्ह सभापति देउवासँग भेट गर्ने समय मिलाउनु भएको हो ।

शुक्रबार बिहान चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा बसेको आफू पक्षीय नेताहरुको बैठकको निर्णय अनुसार उहाँले पार्टी सभापति देउवासँग भेट गरी पार्टीको क्रियाशील सदस्यता सम्बन्धि बाँकि विवाद तत्काल टुंगो लगाई महाधिवेशनको प्रक्रिया छिटो सुरु गर्न दवाव दिन लाग्नु भएको नेता डा. मिनेन्द्रप्रसाद रिजालले जानकारी दिनु भयो ।

बैठकमा पार्टीका जिल्ला सभापतिहरुको माग अनुसार छिटो क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गरी महाधिवेशनको प्रक्रिया सुरु गर्न सभापति देउवालाई दवाव दिने निर्णय गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *