अत्याचारको विरुद्धमा जहिले पनि लागे : खत्री


नेपालगन्ज २४ असार
बाँकेको राप्तीसोनारी गाउँपालिका ८ ओभरीका धनी कुमारी खत्री सानै उमेरदेखि गरिब दुखीको पक्षमा बोल्दै आएको बताउनुहुन्छ । ७ बर्षको उमेरदेखि नै नेपाली काँग्रेसमा आस्था राख्दै आएका खत्री हाल राप्तीसोनारी गाउँपालिकाका उपाध्यक्ष हुनुहुन्छ ।

२०११ साल बैशाख १३ गते सल्यानमा जन्मेका खत्री २०३९ सालबाट बाँकेको राप्तीसोनारी गाउँपालिका ८ ओभरीमा बसोबास गर्दै आउनु भएको छ । सानै उमेरमा नेपाली काँग्रेस भनेपछि हुरुक्कै हुने खत्री पार्टीको कार्यक्रम कहिल्यै छोडेन् पार्टीको बैठकमा नियमित उपस्थिति हुन्थे ।

अत्याचार सहनै नसक्ने धनी खत्री गरिब दुखीकै पक्षमा वकालत गरेकै कारण पञ्चायतकालमा एक दिन हिरासत बस्न परेको क्षण ताजै रहेको उहाँले भन्नुभयो । सच्चाईको पक्षमा बोल्दा दिनभरी हिरासतमा बस्न प¥यो । हिरासतमा बसेपछि झन चर्केर लाग्ने हिम्मत आयो, अब केही गर्नै पर्छ भन्ने सोचका साथ अगाडी बढे ।

गलतको पक्षमा जहिले पनि प्रश्न गर्ने र त्यसको विरुद्धमा लाग्ने खत्री २०४६ सालमा पार्टीको सक्रिय कार्यकर्ता भए । पार्टीको १० औं महाधिवेशनमा महिलाको तर्फबाट एक मात्र महिलाको रुपमा सहभागिता जनाएको थिए । ११ औं महाधिबेशनमा प्रतिनिधि भए । पार्टीमा सक्रिय भुमिका भएको कारण स्थानिय नेतादेखि केन्द्रिय स्तरका ठुल्ठुला नेताहरु सबैसंग राम्रो थियो । सानै उमेरदेखिको सक्रियता भएको र केही नेताले आफुलाई अगाडी बढ्न नदिने नियतका साथ पनि लागे ।

गलतको पक्ष र आफु गल्ती नगरेपछि जस्तो सुकै परिस्थितिमा पनि हारेस नखाने खत्री निरन्तर पार्टी र घरधन्दाको काममा लागिरहे । पार्टीले पनि मुल्याङकन ग¥यो र स्थानिय चुनाबमा मलाई उपाध्यक्षको टिकट दियो । मेरो टिकट काट्नलाई स्थानिय नेता पनि खत्रीलाई दिनुहुन्न भनेर लागे । पार्टीले टिकट दिएपछि घरको काम र प्रचारप्रसार गर्ने तिर लाग्ने मनसायका साथ १२÷१३ दिन प्रचारमा लागे ।

जनता र पार्टीसंग राम्रो भएको कारण चुनावमा जिते उहाँले भन्नुभयो । जनताको जनप्रियले लोकप्रिय हुने हो उहाँले भन्नुभयो । पार्टीको काम संगसंगै घरधन्दा पनि भ्याउथे । उपाध्यक्षमा करिब ४ बर्षको कार्यकाल सिकाई मै वितेको उहाँले बताउनुभयो । जनताले सोचे अनूरुप काम भएको हुनाले जनता खुसी रहेको उहाँले बताउनुभयो । गाउँपालिकाको काममा पनि सच्चाईको पक्षमा जहिले पनि बोल्ने गरेको छु, कसैलाई अपच पनि हुन्छ मेरो प्याच्च बोल्ने र गलतलाई धाकछोप नगरि बाहिर ल्याउने बानीले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *