कोहलपुरमा करेन्ट लागेर एक जनाको मृत्यु


बाँकेको कोहलपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका वडा नम्बर ५ पिपिरी नगरमा पलम्बरको काम गर्ने दिपेन्द्र चौधरीको मृत्यु भएको कोहलपुर इलाका प्रहरी कार्यालयका प्रमुख रविन्द्र खनालले जानकारी दिएका छन् ।

उनको घर कैलाली जिल्ला रहेको र हल बाँकेको कोहलपुरमा पलम्बरको काम गरेर बसोबास गर्दै आइरहेका थिए ।

उनका अनुसार निर्माणधिन लोकराज शर्माको घरमा पलम्बरको काम गर्ने क्रममा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेपछि नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा ल्याइएको खनालले जानकारी दिए ।

खनालका अनुसार नेपालगञ्ज मेडिकल कलेज कोहलपुरका ल्याइएका दिपेन्द्र चौधरीको मृत्युको घोषणा गरेको उनले बताए । अन्य थप अनुसन्धान भैरहेको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *