महामारीको उदहारण मात्र कोरोना भाइरस |


फाइल फोटो

This image has an empty alt attribute; its file name is 185964133_180791640587506_3420054034066623944_n-1.jpg

प्राणीको उत्पत्ति सँगसँगै वनस्पति, प्राणी, जीवाणु ब्याक्टेरिया र विषाणु भाइरस को उत्पत्ति भएको हो । मानिसको उत्पत्ति हुनुभन्दा करोडौं वर्ष पहिले जीवाणु र विषाणुको उत्पत्ति भएको मानिन्छ ।

पारिस्थितिक वातावरणलाई सन्तुलनमा राख्न वनस्पति, प्राणी, जीवाणु र विषाणुको समान एवं संयोजनकारी भूमिका रहेको हुन्छ । वनस्पति, प्राणी, जीवाणु र विषाणुबीचको सन्तुलन बिग्रियो भने जीवाणु र विषाणुले कुनै पनि बेला र कुनै पनि रुपमा प्राणीमाथि आक्रमण गर्न सक्छन् ।

आजसम्मका विश्व इतिहासमा विभिन्न कालखण्डमा देखा परेका महामारीहरुदेखि कोभिड–१९ को महामारी यसैका उदाहरणहरु हुन् । ‘सबैजसो जीवाणु, विषाणु र परजीवीहरुले रोग लगाउँदैनन्, कतिपय मानव जातिका लागि फाइदाजनक पनि हुन्छन् भने कतिपयले विभिन्न खालका रोगहरु लगाउँछन् । तिनै रोग लगाउने नयाँ र पुराना जीवाणु वा विषाणुहरुले कहिलेकाहीँ महामारीको रुप पनि लिन्छन् ।’ डा झलक गौतम कोभिड–१९ महामारी यसैको पछिल्लो कडी हो ।

प्रागैतिहासिक कालदेखि आधुनिक कालसम्म अनेक प्रकारका रोगव्याधिका कारणले महामारीका घटनाहरु घटेका छन् । आदिम कालदेखि आधुनिक युगसम्म घटेका केही ऐतिहासिक महामारीहरुबारे यहाँ संक्षिप्त चर्चा गरिएको छ |

१। प्रागैतिहासिक महामारी – ३००० ईसापूर्व दक्षिणी चीनको ‘हेमिन् मंघा’ र ‘मियाओजिगोयु’ भनिने पुरातात्विक महत्वको क्षेत्रमा फैलिएको महामारीले समस्त बस्तीलाई नै ध्वस्त बनाएको थियो । उक्त महामारीमा सो क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण मानिसको मृत्यु हुन गई उक्त बस्तीलाई एउटा चिहानमा परिणत गरिदिएको थियो । चीनको यो क्षेत्र आज विश्वसम्पदा क्षेत्रमा सूचीकृत भएको छ ।

२। एथेन्सको प्लेग – ४३० इसापूर्व एथेन्समा ज्वरोको महामारी फैलिएको थियो । पाँच वर्षसम्म फैलिएको यो महामारीबाट एक लाख मानिसको मृत्यु भएको थियो । एथेन्स र स्पार्टाबीच भएको लडाईंमा स्पार्टाका सेनाले एथेन्सका सैनिकहरुलाई आफ्नो शहरको रक्षाका लागि ‘लामो पर्खाल’ भनिने किल्लाहरुको पछाडि शरण लिन बाध्य पारेको थियो । युद्धका कारण सैनिकहरुको बढ्दो भीडले महामारी फैलिएको थियो । महामारीले कमजोर भएको एथेन्स स्पार्टासँग पराजित हुन पुग्यो ।

३। एन्टोनाइन प्लेग – विश्व इतिहासमा अभिलिखित एन्टोनाइन प्लेग सन् १६५ देखि १८० को बीचमा फैलिएको महाविनाशकारी महामारी थियो । रोमन साम्राज्य शक्तिशाली भएको समयमा ‘पार्थिया’ सँगको युद्धबाट फर्किएका रोमन सेनाहरुबाट यो महामारी रोमन साम्राज्यमा फैलिएको थियो ।

यस महामारीबाट रोमन साम्राज्य लगायत एशिया, ग्रीस, इटाली समेत गम्भीर रुपमा प्रभावित भएका थिए । यस महामारीबाट ५० लाखभन्दा बढी मानिसको मृत्यु भएको अनुमान गरिएको छ । यस महामारीले रोमन साम्राज्यलाई कमजोर बनाएको थियो ।

४। साइप्रियन प्लेग – सन् २५०–२७१ सम्म फैलिएको साइप्रियन प्लेग महामारीले यूरोपमा आतङ्क मच्चाएको थियो । यस महामारीमा रोम शहरमा मात्र प्रतिदिन पाँच हजार मानिसको मृत्यु भएको थियो ।

यो महामारीपछि मानिसहरुको अभावमा खाद्यान्न उत्पादनमा कमी हुन गई रोमन साम्राज्यमा भोकमरीको स्थिति उत्पन्न भएको थियो । यो महामारीलाई ट्युनिसियाको कार्थग शहरका पादरी सेन्ट साइप्रियनले ‘संसारको अन्त्यको संकेत’ को रुपमा व्याख्या गरेका थिए । यसैले यो महामारीको नाम सेन्ट साइप्रियनको नामबाट साइप्रियन प्लेग रहन गएको हो ।

५। जस्टिनियन प्लेग – सन् ५४१ देखि ५४२ सम्म फैलिएको यो महामारीबाट एशिया, उत्तर अफ्रिका, अरेबिया र यूरोपसम्म गम्भीर रुपले प्रभावित भएको थियो । बेन्जाटाइन साम्राज्यका सम्राट बेन्जाटाइनको शासनकाल ९सन् ५२७–५६५० मा बेन्जाटाइन साम्राज्य मध्यपूर्वदेखि पश्चिम यूरोपसम्म फैलिएको थियो ।

सम्राट जस्टिनियनले साम्राज्यको राजधानीको रुपमा रहेको कन्सटान्टिनोपल ९हालको स्तानबुल० मा एउटा ठूलो ‘हगिया सोफिया’ ९पवित्र ज्ञान० नामक गिर्जाघर निर्माण गर्नुभएको थियो । बेन्जाटाइन साम्राज्यको राजधानीबाट फैलिएको यो महामारीबाट विश्वको १० प्रतिशत जनसंख्या घट्न गई पाँच करोड मानिसको मृत्यु भएको अनुमान गरिएको छ ।

६। कालो मृत्यु – ९सन् १३४६–१३५३० ः सन् १३४७ देखि १३५१ सम्म फैलिएको ब्युवोनिक प्लेगलाई कालो मृत्यु ९ब्ल्याक डेथ०को नामले चिनिन्छ । यर्र्सििनया पेस्टिस जीवाणुका कारण फैलिएको यो महामारी मुसाबाट उत्पत्ति भई झिङ्गाको माध्यमबाट मानिसमा सङ्क्रमण भएको थियो । यो महामारी एशियाबाट शुरु भई यूरोप लगायत संसारभर फैलिएको थियो ।

सन् १३४७ को अक्टुवर महिनामा इटालीको सिसिलीस्थित मेसिना बन्दरगाहमा ब्ल्याक सी हुँदै १२ वटा पानीजहाज आएर रोकिए । ती रोकिएका जहाजभित्र हेर्दा वीभत्स दृष्य देखियो । जहाजमा रहेका धरैजसो यात्रुको मृत्यु भइसकेको थियो भने मृत्युको अन्तिम अवस्थामा पुगेका जीवित यात्रुहरु रगत र पीपले बनेको कालो फिँजले पुरिएका थिए ।

ती जहाजहरुमा रहेका मुसाहरु शहर पसे पछि फैलिएको महामारीले संसारभरि २० करोड मानिसको मृत्यु भएको थियो । यूरोपमा मात्र जनसंख्याको एक तिहाइ अर्थात दुई करोडभन्दा बढी मानिसको मृत्यु भएको थियो । यो महामारीपछि यूरोपको जनसंख्या पहिलेको अवस्थामा पुग्न २०० वर्ष लागेको थियो । यो महामारीले यूरोपको मार्ग परिवर्तन गरेको इतिहासकारहरुको मत रहेको छ ।

यो रोगको उत्पत्ति, रोकथाम र उपचारबारे मानिसहरुलाई थाहा थिएन । रोगी मानिसको नजिक नगएमा रोग सर्दैन भन्ने थाहा भएपछि भेनेसियनहरुको नियन्त्रणमा रहेको रसुगा शहरले पानीजहाजबाट आउने यात्रुहरुलाई बिरामी नभएको प्रमाणित नभएसम्म एकान्तमा ३० दिन ९पछि ४० दिन बनाइयो० राख्ने नियम बनाइयो जसलाई ’क्वरान्टिनो’ भनिन्थ्यो । हाल प्रचलनमा रहेको क्वारेन्टाइनको पूर्वरुप यही नै हो ।

७। अमेरिकन प्लेग – यो महामारी सन् १५११ देखि १५३२ सम्म यूरोपेली अन्वेषकहरुबाट अमेरिकी महादेशमा फैलिएको थियो । नाक–कान बाट रगत बग्ने र अधिक ज्वरो आउने लक्षण भएको यो महामारीबाट एक करोड ८० लाखभन्दा बढी मानिसको मृत्यु भएको अनुमान छ । यस महामारीबाट पश्चिम गोलार्धमा रहेका आदिवासीहरुको ९० देखि ९५ प्रतिशतस छ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *