विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त


काठमाडौं:  सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पून: कुलमान घिसिङलाई नियुक्त गरेको छ ।

हालै बसेको मन्त्रिपरिषदको बैठकले पूर्वकार्यकारी निर्देशक घिसिङलाई पुन: नियुक्ति गरेको हो ।

उर्जा जलश्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालको प्रस्तावमा मन्त्रिपरिषदले घिसिङलाई नियुक्ति दिएको हो ।

अघिल्लो ४ बर्षे कार्यकालमा प्राधिकरणलाई नाफामा लगेका घिसिङले देशलाई लोडसेडिङमुक्त गरेपछि उहाँ अझ चर्चामा आउनु भएको थियो ।

यसैवीच नवनियुक्त घिसिङले आजै पदवहाली गर्नुहुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *