गोपाल ओली,नेपालगन्ज : अनुसा रामजाली प्रतक्ष्य दोहोरी गित गाएर नथाक्ने उनि साचिक्कै गुमनाम गायिकाको रुपमा रहदै आएकी छन । अनुसाले अहिले सम्म कुनै मिडियामा अन्तरबार्ता दिने चर्चामा आउन खोज्ने काम गर्न सकेकी छैनन् ।
रुकुम आठविसकोट घर भएपनि दुई वर्षदेखि काठमाडौलाई आफ्नो कर्मथलो बनाएर गित संगितलाई जिउने आधार बनाएकी छन् । दोहोरी साझमा गित गाउनु उनको दैनिकी हो । बाल्यकाल देखिनै दोहोरी गित गुनगुनाउने, गाउँघरमा रोधिमा दोहोरी गाउँने जस्ता धेरै अनुभव छन रामजाली संग । त्यहि अनुभवलाई लिएर काठमाडौ छिरेकी अनुसालाई आफ्नो नाम दोहोरी गित बाटै चिनाउने धोको छ ।
काठमाडौमा साथ दिने भन्दा पनि खुट्टा तान्न खोज्नेहरुको संख्यामा कमि नरहेकोले टिक्न नै मुस्किल पर्ने गरेको गायिका रामजाली बताउछिन । रामजाली ७ वर्षको हुदाँ बुवा र आमा ११ वर्षको हुदाँ स्वर्गिय हुनुभयो । सानैमा बाबु आमा गुमाएकी अनुसा रामजालीले साढे १३ वर्षको कलिलो उमेरमा विहे गरिन् । विहेपछि उनको २ छोरी भए ।
श्रीमान बैदेशिक रोजगारीमा गएपछि उतैबाट अर्की श्रीमति लिएर आए । अनुसालाई श्रीमानले अलपत्र पारेपछि उनले केहि वर्षपछि अर्को विहे गरिन । रामजालीका दोश्रो श्रीमानले नसोचेको माया र साथ दिइरहेको उनि बताउछिन । मेरो गित गाउँने रहर दोश्रो श्रीमानले नै पुरा गरिदिनुभयो । म जुन स्थानमा छु सबै उहाँकै हौसला र साथले गर्दा हो, उनले भनिन् ।
हाल सम्म ८ वटा सम्म दोहोरी गितमा आवाज दिएकी गितहरुमध्य रामजालीको “पलास” भन्ने गित चर्चामा छ । दुई वर्षदेखि काठमाडौमा दोहोरी साझमा गित गाइरहेको छु श्रीमान भने भारतमा रोजगारी गर्नुहुन्छ ।
भारतमा भएपनि हाम्रो निरन्तर कुरा भैरहन्छस ‘उनले भनिन् । मैले दोहोरी गाएर मात्रै केहि हुदैन कि भनेर श्रीमानलाई केहि व्यवसाय पनि गर्छु भनेर भनेको तर उहाँले अझै १,२ वर्ष सघर्ष गर्न हौसला दिएकाले एसैलाई निरन्तरता दिदै आएको बताइन । उनि भन्छीन्, “धेरै नयाँ कलाकार चर्चामा आउन मिडियाको माध्यम प्रयोग गर्ने गरेका छन, तर मलाई क्षमताको आधारमा कलाकारीतामा नाम कमाउन मन छ ।”
