बाँकेका तीन वटा प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा बुधबार ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
ती मध्ये बाँकेका १७ जना, बर्दियाका ६ जना, दाङका ३ जना, अछामका ३ जना, सल्यानका २ जना, दैलेखका २ जना, सुर्खेतका २ जना र जाजरकोटका १ जना रहेका छन् ।
त्यस्तै, आज थप १४ जना डिस्चार्ज भएका छन् ।
हालसम्म बाँकेमा १७ हजार ७ सय ४९ जना संक्रमित भएका छन् । ती मध्ये १७ हजार ३ सय १५ जना निको भई डिस्चार्ज भइसकेका छन्

यता कोरोना संक्रमणको दर फेरि बढ्डै जाने, मृत्युको सिलसिला समेत नरोकिएको जिल्लामा सम्बन्धीत निकाय र सरोकारवालाले मात्रै होईन जिल्लाका राजनैतिक दलले समेत आआफ्नो कार्यक्रम गरेका छन जसले नै कोरोनालाई प्रसारण गर्ने गरि कार्यक्रम गर्दै आएका छन् ।
उता जिल्ला प्रशासन कार्यालय बाकेले भिडजन्य क्रियाकलाप नगर्न र गरेको खण्डमा कारबाही गर्ने भनेर सुचना जारी गर्दा समेत जिल्लामा भिडजन्य क्रियाकलाप, गोष्टि र त्यस्तै खालका कार्यक्रम संगै बजारको अवस्था पनि बेप्रवाह रहेको छ ।
केही हप्ता देखि बाँकेमा कोरोना संक्रमणको ग्राफ र मृत्यु हुनेको संख्या समेत बढ्न थालेको छ ।


