साउन २८ काठमाडौं उपत्यकामा आजदेखि बेलुकी ८ बजेपछि गाडी चलाउन नपाइने भएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले उपत्यकामा आगामी बिहीबार (आज) बेलुकी ८ बजेदेखि लागू हुने गरी सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाएको छ
काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेधाज्ञामा पछिल्लो समय कोभिड–१९ सङ्क्रमण बढ्दै जाँदा काठमाडौँ उपत्यकामा रात्रिकालीन सवारी साधनको आवतजावतमा कडाइ गरिएको बताएका छन् ।
यस्तै अत्यावश्यक सवारीसाधन भने जुनसुकै समयमा सञ्चालन गर्न पाइने छ । निषेध आदेशअनुसार स्थानीय ढुवानी बिहान ९ देखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न पाइने छैन्।
यस्तै, शैक्षिक संस्थामा भौतिक उपस्थितिमा पठनपाठन गर्न नपाउने आदेशलाई कायमै राखिएको छ भने कुनै पनि प्रकारका सभासम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबारलगायत मानिसको भीडभाड हुने कार्यक्रम सञ्चालन गर्न रोक लगाइएको छ। त्यस्तै निषेधाज्ञाको समय आगामी भदौ ८ गतेसम्म थप गरिएको छ ।
