डिल्ली वलिले मरीचमान सिंह श्रेष्ठको राजनीतिक तथा जिबनी कथा लेख्नुभएको छ।


साउन ३१ प्रोफेसर तथा पुर्ब सस्कृती केन्द्र बिभाग टियु किर्तिपुरका मुख्य डिल्ली वलिले मरीचमान सिंह श्रेष्ठको राजनीतिक तथा जिबनी कथा लेख्नुभएको छ। २००७ साल यता एउटा अवधिमा सबैभन्दा बढी समय प्रधानमन्त्री हुने ब्यक्ति हुन।१९९७ मा जन्मेका उनमा २०११ साल देखि राजनीतिमा प्रवेश गरेको देखिन्छ ।२०११ सालमा काङ्ग्रेस नेता नेब बहादुर मल्ल माथि भएको साघातिक आक्रमणले स्थानीयहरु बीच ध्रुवीकरण भयो ।यस्ले राजनीतिक रूप पनि लियो।२०१६ सालमा जेलबाट रिहा भएका मोहन विक्रम सिंहलाई जेल बाहिर स्वागत गर्न जानेमा मरीचमान अगाडी थिए।त्यस पछि उनी पन्चायत राजनीतिमा लागे।युवक संगठनको अञ्चल सभापति भए ,राप्ती दर्पण पत्रिकाको पहिलो सम्पादक भए, स्थानीय स्कुलमा प्रधानाध्यापक थिए।उनी २०३० मा रा प स भए।२०३२मा UN General Assembly मा गए।२०३३ मा रा प मा आर्थिक समितिको सभापति भए।२०३४ मा भूमि सुधार सहायक मन्त्री र २०३५मा सोही मन्त्रालयमा राज्य मन्त्री भए।२०३६ मा जलविद्युत मन्त्री र जनमतसंग्रह ताका शिक्षा मन्त्री भए।२०३८मा रा प अध्यक्ष भएका उनी २०४३ जेठ देखि २०४६ चैत सम्म मुलुकको प्रधानमन्त्री भए।भारतले नाकाबन्दी को बहानामा प्रत्यक्ष हस्तक्षेप गरे पछि भएको आन्दोलनमा पन्चायत संगै उनको राजनीति पनि अन्त्य भयो।२०४८को चुनावमा काठमाडौंबाट प्रतिस्पर्धा गरेका उनको सम्मानजनक मत थियो र पद्मरत्नहरु लाई पछि पारेका थिए।उनी राजतन्त्र र पन्चायतका पक्षधर थिए।राजनीतिक अन्त्य पछि उनी उपेक्षित भए, कुनामा बसे तर आकर्षकको केन्द्र रही रहे।दोहोरो वा भित्री बाहिरी भूमिकामा नरहेर भारत संग सिधा टक्कर लिएका मरीचमान जस्तो प्रखर रास्ट्रबादी नेता २००७ साल यता अरु देखिएनन् ।राजालाइ सरकार मलाई राजीव गान्धीसंग कुरा गर्न पठाइबक्स्योस उसलाई कसरी झापु हान्नु पर्छ मलाई थाहा छ भनेका उनलाई अन्त्य तिर दरबारले पनि साथ नदिएको गुनासो थियो।२००७ साल यताको राजनीतिमा कसैसंग नझुक्ने,कहिल्यै नचुक्ने र कहिल्यै नरुक्ने छवि बनाएका उनी भ्रष्टाचार ,अनियमितता ,कमिसन ,घुसखोरी ,दलाली र माफियातन्त्र का कट्टर दुश्मन थिए।लगातार १६ वर्ष सत्तामा बसेका उनको आर्थिक स्थिति जग जाहेर छ ,जो वर्तमान राजनीतिकर्मिका लागि उपहास हुनसक्छ ।उनको निधनमा यो मुलुक कृतघ्न,बेखवर र सरोकारविहीन भयो।यहाँ रास्ट्रबादीहरुको हविगत यस्तै हुन्छ भनी इतिहासले भनेको छ।२०७० साउन ३१ गते उनको देहान्त भयो।रास्ट्रवादका प्रखर हिमायती श्री मरीचमान सिंह श्रेष्ठ प्रति हार्दिक श्रद्धाञ्जली !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *