साउन ३२ बाके सोमबार बिहान करीब ६ बजे बाकेको राप्तीसोनारी गाँउपालिका अगैया भन्दा पुर्बपर्ने सिकटामा मालबाहक ट्रकले मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकलमा सवार २ जनाको मृत्यु भएको हो ।

बर्दिया बासगढी ८ का चेतन बोहोरा र प्रदिप चौधरीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।पश्चिमदेखी पुर्वतर्फ जाँदै गरेको ना६ख ६७९९ नम्बरको ट्रकले लु६प १८२२ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाईते भएका दुबै जनालाई उपचारकालागि नेपालगन्ज मेडिकल कलेज कोहलपुर पुर्याईएको थियो । उनिहरुको उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीले ट्रकलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडी बढाएको जनाएको छ ।
