नेपालगन्जका सडकमा छाडा गाइ गोरुले दुर्घटनाको जोखिम बढाएका छन् ।


साउन ३२ बाके नेपालगन्ज सहित ग्रामीण सडकमा गाई गोरुले सास्ती दिने गरेका छन् । नेपालगन्जका सडकमा छाडा गाइ गोरुले दुर्घटनाको जोखिम बढाएका छन् ।

भने गाउँमा धानबालीमा नोक्सानी पुरयाएका छन् । जानकी गाउँपालकिाका किसान जोखन प्रसाद खटिकले छाडा गाइ गोरुले धानबाली नोक्सान गरेको बताउनुभयो।

यहाँ त हाम्रो धानबाली छाडा गाइ गोरुले सखाप पारिसके उहाँले भन्नुभयो–‘जनप्रतिनिधिले पनि वास्तै गर्दैनन् ।’ दिउँसो गाइ गोरु धपाउन सहज हुने भएपनि राती धान सखाप पार्ने गरेको अर्का किसान लालबहादुर थापाले बताउनुभयो

रातभरी धानवाली जोगाउन पहरा दिनु पर्छ थापाले भन्नुभयो–‘वर्षभरीको मेहनत चौपट् भयो ।’ जानकी गाउँपालिका–२ बेलभारमा सडक नै कब्जा गर्नेगरी गाइ गोरु भित्रिएका छन् । वडाअध्यक्षले कुनै चासो नदिएको स्थानीयको गुनासो छ ।

नेपालगन्जका सडकमा पनि गाइ गोरुले दुख दिएका छन् । सडक नै कब्जा गर्ने गरेका कारण दुर्घटनाको जोखिम बढेको छ । ट्राफिक प्रहरीले त्यस्ता गाइ गोरुलाई स्टिकर टाँस्ने काम गरेको छ। तर व्यवस्थित हुन भने सकेको छैन् । नेपालगन्ज उपमहानगरपालिकाले यसबारेमा कुनै चासो नै दिएको छैन् । जस्का कारण दुर्घटनाको जोखिम बढेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *