माल्दिभ्ससँग खेल्दै नेपालले साफको सुरुवात गर्नेछ ।


भदौ २ बाके सन् २०१८ मा बंगलादेशमा भएको पछिल्लो साफको सेमिफाइनलपछि नेपाल र माल्दिभ्सबीच पहिलो पटक भेट हुनेछ । त्यति बेला नेपाल सेमिफाइनलमा माल्दिभ्ससँग ३–० ले पराजित भएको थियो । यसपटक माल्दिभ्ससँग खेल्दै नेपालले साफको सुरुवात गर्नेछ ।

मालेमा हुने च्याम्पियनसिपमा नेपालले आफ्नो दोस्रो खेल श्रीलंकाविरुद्ध आसोज १७ गते खेल्नेछ । त्यस्तै तेस्रो खेल नेपाली टोली साफको सर्वाधिक सफल टोली भारतसँग असोज २२ गते खेल्नेछ । असोज २४ गते नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ ।

राउन्ड रोविन लिगको शीर्ष २ टोलीले असोज २७ गते उपाधिका लागि फाइनल खेल्नेछन् । नेपाल टोलीले अहिलेसम्म साफको सेमिफाइनल पार गर्न सकेको छैन । यति बेला नेपाली टोली साफ च्याम्पियनसिपको तयारीका क्रममा पोखरामा प्रशिक्षण गरिरहेको छ ।

नेपालले साफ च्याम्पियनसिपको तयारीका लागि भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्दैछ । खेल भदौ १७ र २० गते दशरथ रंगशालामा हुनेछ । नेपाली टोली हाल दुई साता लामो प्रशिक्षण क्याम्पका लागि पोखरामा छ ।

प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले साफ च्याम्पियनसिपको तयारीमा रहेको टोलीबाट सोमबार मात्र तेस्रो चरणको छनोटमा २८ खेलाडी छनोट गरेका थिए । पोखरा भ्रमणका लागि घोषणा गरिएको ३८ सदस्यीय टोलीबाट १० खेलाडी सोमबार बाहिरिएका हुन् । अनुभवी फरवार्ड भरत खवास, मिडफिल्डर विक्रम लामा र डिफेन्डर रञ्‍जित धिमाल साफ च्याम्पियनसिपको टोलीमा नहुने पक्का भएको छ । यस्तै फरवार्ड जर्जप्रिन्स कार्की, राजीव लोप्चन, संजोक राई, त्रिदेव गुरुङ, सेसेहाङ आङदेम्बे, रन्दिप पौडेल र विशाल सुनार पनि टोलीबाट बाहिरिएका छन् ।

२८ सदस्यीय टोली :

किरण चेम्जोङ, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु, अर्पण कार्की, सुमन अर्याल, दिनेश राजवंशी, गौतम श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, सुरज ठकुरी, सुमन लामा, कमल थापा मगर, नितिन थापा, तेज तामाङ, राजन गुरुङ, पुजन उपरकोटी, विशाल राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुनिल बल, मनिष डाँगी, अन्जन विष्ट, आयुष घलान, नवयुग श्रेष्ठ, आशिष लामा, अभिषेक रिजाल, शिशिर लेखी

Leave a Reply

Your email address will not be published. Required fields are marked *