भारतीय चर्चित कमेडी शो ‘द कपिल शर्मा’ शो पुनस् सुचारु हुने भएको छ ।

कपिल शर्माले इन्स्टाग्राममा शोको नयाँ प्रोमो भिडियो सेयर गर्दै सोही कुराको जानकारी दिएका हुन ।
नयाँ प्रामो सार्वजनिक भएसँगै रिलिज मिति पनि तोकिएको छ ।
प्रोमो भिडियो सेयर गर्दै कपिल शर्माले यहीँ अगस्ट २१ गतेदेखि शो प्रशारण हुने जानकारी दिएका छन् ।
यस सिजनमा अर्चना पुरण सिंह पनि आउने भएको जानकारी दिइएको छ । साथै, सुदेश लहिर र कृष्णालाई पनि हेर्न सकिनेछ ।
