पुष्पलालको विचारलाई व्यवहारमा लागू गर्न आवश्यक : मुख्यमन्त्री कँडेल



सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् नेकपा (एमाले)का स्थायी कमिटी सदस्य यामलाल कँडेलले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलाल श्रेष्ठको विचारलाई व्यवहारमा लागू गर्न आवश्यक रहेको बताएका छन। नेकपा (एमाले) जिल्ला कमिटी सुर्खेतले वीरेन्द्रनगरमा आयोजना गरेको ४७औँ पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले ५ जना बाट शुरु भएको कमिन्युस्ट बिचार अहिले बिश्वब्यापी रुपमा आत्मसात छ त्यसैले यो बढ्दो बिचारधारकाे अनुयायीहरूलाई राष्ट्रकाे दिर्घकालिन काम गर्नका लागि पुस्पलालकाे मार्ग नै पछ्याउनु विकल्प नरहेको बताएका हुन ।

उनले पुस्पलालकाे याेगदान प्रति श्रद्धा व्यक्त गर्दै देशप्रेम, समाजवाद र समानताको पक्षमा उहाँले देखाएको बाटो आज पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गरे ।
“कमरेड पुष्पलालले व्यक्तिगत लाभभन्दा राष्ट्र र जनताको हितलाई प्राथमिकता दिएका थिए, त्यो सोच आजको नेतृत्व र नयाँ पुस्ताले आत्मसात् गर्नुपर्छ,” मुख्यमन्त्री कँडेलले भने । मुख्यमन्त्री कँडेलले पुष्पलालको सिद्धान्त, संगठन निर्माण र संघर्षको शैलीबाट अहिलेको नेतृत्वले धेरै सिक्नुपर्ने आवश्यकता रहेको बताए । “पुष्पलालले कठोर परिस्थितिमा पनि समाजवाद, समानता र न्यायको पक्षमा अडिग रही कम्युनिस्ट आन्दोलनलाई संस्थागत गरेको,” कँडेलको भनाइ थियो । मुख्यमन्त्री कँडेलले उत्पीडित वर्गको पक्षमा बुलन्द आवाज उठाउन पुष्पलालले देखाएको साहसिक बाटोलाई पछ्याउनुपर्नेमा जोड दिए। “उहाँले शिक्षालाई जनचेतनाको मूल आधार ठान्नुभयो। कम्युनिस्ट घोषणापत्रको नेपाली अनुवाद गरेर विचारलाई आम जनतासम्म पुर्‍याउनुभयो, जुन कार्य आज पनि हामीलाई प्रेरणा दिन्छ,” उनले स्पष्ट पारे ।
पुष्पलालले जेल, निर्वासन र पीडासमेत सहँदै देशको परिवर्तनका लागि जीवन समर्पण गरेको स्मरण गर्दै मुख्यमन्त्री कँडेलले भने, “आज हामीले पनि आदर्श मात्र होइन, व्यवहारमा लागू हुने नीति रोज्नुपर्छ ।” कार्यक्रममा नेकपा (एमाले) का प्रदेश, जिल्ला, स्थानीय नेता र स्थानीय जनप्रतिनिधि, युवा तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *