केपी शर्मा ओलिलाई भेट्न बालकोट पुगे रामचन्द्र पौडेल र शेखर कोइराला ।


भदौ ३ बाके नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता शेखर कोइरालाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् ।  पौडेल र कोइरालाले बुधबार साँझ ओली निवास बालकोट पुगेर भेट गरेका हुन् । 


ओलीलाई भेट्न दुवै नेता बुधबार ५ बजे बालकोट पुगेका थिए । देउवा नेतृत्वको सरकारले ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशमा २० प्रतिशत केन्द्रीय कमिटी वा सांसद लिएर दल विभाजन गर्नसक्ने व्यवस्था गरिएको छ । कांग्रेस नेता कोइरालाले देउवाले ल्याएको अध्यादेशको विरोध गरेका थिए ।

कांग्रेस निकट विश्वस्त स्रोतका अनुसार यी दुई नेताहरुले आज पनि ओलीलाई भेट्दैछन् । सरकारले ल्याएको अध्यादेश र एमाले विभाजन भएसँगै देउवा र कोइरालाबीच भएको यो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *