जिल्ला ट्राफिक प्रहरी कार्यलय बाकेले साढे दुई करोडबढी राजश्व संकलन गरेको छ ।


भदौ ३ बाके जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले आर्थिक वर्ष ०७७–७८ मा साढे दुई करोडबढी राजश्व संकलन गरेको छ । ४७ हजार ८ सय ४७ वटा सवारीसाधन कारवाहीबाट २ करोड ७० लाख ६६ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख राजु भण्डारीले बताउनुभयो ।

यो आर्थिक वर्ष ०७६–७७ को भन्दा झन्डै डेढ करोढले बढी हो । ७६–७७ मा १ करोड २९ लाख ६९ हजार राजश्व संकलन भएको थियो । यो वर्षमा २३ हजार ७ सय ४३ सवारी साधन कारवाहीमा परेका थिए ।

आर्थिक वर्ष ७७–७८ मा २ हजार ७ सय ४५ वटा बस कारवाही गर्दा १५ लाख ४१ हजार, १७ हजार २ सय ९८ ट्रक कारवाही गर्दा १ करोड ३१ लाख, ५ हजार ७ सय ६६ वटा ट्रिपर कारवाही गर्दा ३३ लाख ४३ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको छ ।

यस्तै ६ हजार ७ सय १७ जीपकार कारवाही गर्दा ३५ लाख ७२ हजार ५ सय, ५ हजार ४ सय ४१ वटा टेक्टर कारवाही गर्दा २९ लाख ८५ हजार, ८ हजार ७ सय ७ वटा मोटरसाइकल कारवाही गर्दा ४९ लाख ५७ हजार र १ हजार १ सय ७३ अन्य सवारीसाधन कारवाही गर्दा ६ लाख ३६ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको छ ।

कुन महिनामा कति राजश्व

ट्राफिक कार्यालय प्रमुख भण्डारीका अनुसार, साउन महिनामा १ हजार ९ सय सवारी साधन कारवाही हुँदा १० लाख ४७ हजार ५ सय रुपैयाँ राजश्व उठेको छ । भदौमा ३ हजार १ सय ७२ सवारीसाधन कारवाहीमा परेका छन् । जसबाट १७ लाख २० हजार राजश्व उठ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *