खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन ।


भदौ ४ दाङमा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन । 

दाङको शान्तिनगर गाउँपालिका-४ का ५३ वर्षीय बमबहादुर विकलाई हिजाे बेलुका एकली खोलाले बगाएको स्थानीय तेजबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।

उहाँलाई खेतमा काम सकेर घर फर्कने क्रममा खोलाले बगाएको प्रहरीले जनाएकाे छ। बेपत्ता बमबहादुर बिकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *