टोकियो पारा ओलम्पिक २०२० को उद्घाटन भयो ।


काठमाडौं, भाद्र  ०९ गते ।  हजारौं खेलाडीहरू र आकर्षक आतिसबाजीसँगै मंगलबार टोकियो पारा ओलम्पिक २०२० को उद्घाटन भयो । राजधानी टोकियोसँगै जापानमा कोभिड–१९ संक्रमणले कीर्तिमान बनाइरहेका बेला शारीरिक रूपमा फरक क्षमता भएका खेलाडीहरूको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता दर्शकबिना नै सुरु भएको हो ।

ग्रीष्मकालीन ओलम्पिक १९६० (रोम) देखि यसैको आयोजक सहरले ‘गृष्मकालीन पारा ओलम्पिक’ नियमित रूपमा सञ्चालन गरिरहेको छ ।

कोरोना भाइरसको महामारीले एक वर्ष ढिला भएको पारा ओलम्पिकमा १६२ देशका विशेष क्षमता भएका ४ हजार ४ सय ३ खेलाडीले सेप्टेम्बर ५ सम्म प्रतिस्पर्धा गर्नेछन् । १६ औं संस्करणमा २२ खेल समावेश छ । त्यसमा ब्याडमिन्टन र तेक्वान्दो नयाँ खेल हुन् । कुल ५३७ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *